

-

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या २० लाख ८४ हजारभन्दा बढी पुगेको छ ।
विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४८२ जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६५ हजार नाघेको छ । स्पेनमा भने १८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार १६७ जना र बेलायतमा १२ हजार ८६८ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ४४० जना, जर्मनीमा ३ हजार ८०४ जना, नेदरल्यान्ड्समा ३ हजार १३४ जना, स्वीट्जरल्यान्डमा एक हजार २३९ जना, स्वीडेनमा एक हजार २०३ जना र आयरल्यान्डमा ४४४ जनाको मृत्यु भएको छ ।
संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।
परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरू अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।
दक्षिण एसियामा भने सबैभन्दा बढी संक्रमित र मृत्युको दर भारतमा उच्च रहेको छ । यहाँ १२ हजार ४ सय ५६ संक्रमित हुँदा ४२२ को मृत्य भएको छ भने १ हजार ५ सय १३ जना निको भएका छन् । दोस्रोमा पाकिस्तानमा ६ हजार ५ सय ५ संक्रमित हुँदा १ सय २४ को मृत्यु भएको छ भने १ हजार ६ सय ४५ निको भएका छन् ।
त्यसैगरी तेस्रोमा बंगलादेशमा १ हजार २ सय ३१ संक्रमित हुँदा ४९ को मृत्यु भएको छ भने ४२ जना निको भएका छन् । चौथोमा अफगानिस्तानमा ७ सय ८४ संक्रमित हुँदा २५ को मृत्यु भएको छ भने ४३ जना निको भएका छन् । त्यसैगरी पाँचौंमा श्रीलंकामा २ सय ३८ संक्रमित हुँदा ७ को मृत्यु भएको छ भने ६३ निको भएका छन् ।
छैटौंमा माल्दिभ्समा २३ संक्रमित हुँदा मृत्युदर शुन्य छ भने १६ जना निको भएका छन् । यता सातौँमा नेपालमा भने संक्रमितको संख्या १६ हुँदा मृत्युदर शुन्य छ भने १ निको भएका छन् । आठौँमा अर्को मुलुक भुटानमा संक्रमितको संख्या ५ हुँदा मृत्युदर शुन्य छ भने २ जना निको भएको छन् । एजेन्सी
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३



