

-
काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगका नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिए/नफैलिएको पत्ता लगाउन तीव्र गतिमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) शुरु भएको छ । यही वैशाख १ गते कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा वडा नं ९ को सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना पोजेटिभ देखिएपछि यस क्षेत्रका तीन नगरपालिकामा तीव्र गतिमा परीक्षण शुरु भएको हो । तीनै जनाको राष्ट्रिय प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा भने दुई जनाको पोजेटिभ र एक जनामा नेगेटिभ देखिएको स्वास्थ्य प्रतिवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको तीन स्थानमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए । नगरपालिकाको आलापोट र डाँछी स्वास्थ्य चौकी एवं मूलपानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र्यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ । हालसम्म आलापोटमा १८, थलीमा ३२ र मूलपानीमा ३६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट भएको उनले बताए ।
सनसिटी अपार्टमेन्टमा केन्द्रीयस्तरबाटै २०० जनाभन्दा बढीको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैमा नेगेटिभ नै भेटिएको नगरपालिकाले जनाएको छ । विदेशबाट आएकालाई खोजी खोजी र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न थालिएको छ । यसैगरी रुघा, खोकी, ज्वरो आदि लक्षण देखिई शङ्का लागेकालाई पनि यो परीक्षण गरिने जनाइएको छ ।
यसैगरी गोकर्णेश्वर नगरपालिकाको चार ठाउँमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ । नगरपालिकाको नयाँपाटी स्वास्थ्य चौकी, गोकर्ण प्राथमिक अस्पताल, नेपाल मेडिकल कलेज र जोरापाटी चोकको याङ्ग्री अस्पतालमा गरी २४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिएका छन् ।
नगरपालिकाको वडा नं २ नयाँपाटीमा विदेशबाट आएका १५ जनाकै परीक्षण गर्दा नेगेटिभ देखिएको छ । यो वडामा धेरै मानिस लकडाउन शुरु भएपछि विदेशबाट आई खुलारूपमा हिँड्दा स्थानीयवासी त्रसित थिए । प्रारम्भिक परीक्षणमा सबैमा नेगेटिभ भेटिएपछि त्रास हटेको २ नं वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए ।
शङ्खरापुर नगरपालिकामा ३७ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । पटाप स्वास्थ्य चौकीमा दूई, नाङ्लेभारे स्वास्थ्य चौकीमा पाँच, लप्सीफेदी स्वास्थ्यचौकीमा तीन, सुषमा कोइराला मेमोरियल अस्पतालमा १९ र इन्द्रायणी प्राथमिक स्वास्थ्य केन्द्रमा आठ जनाको परीक्षण गरिएकामा सबैमा नेगेटिभ देखिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिएका छन् ।
विदेशबाट आएका सात जनाको अझै परीक्षण गर्न बाँकी रहेको सूचना आएकाले बिहीबारसम्म तिनको पनि प्रारम्भिक परीक्षण गरिने उनले बताए । सनसिटी अपार्टमेन्टको घटनापछि यस क्षेत्रमा सजगतासमेत अपनाइएको नगरापालिकाले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३



