

-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् । चीनमा कोरोनाभाइरस फैलिएको सूचना बारेमा ढाकछोप गरेको तथा कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो आदेश दिएका हुन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “विश्व स्वास्थ्य संगठनलाई दिइआएको आर्थिक सहायता रोक्न मैले आजै प्रशासनलाई निर्देशन दिइसकेको छु । हामी यो रकम स्वास्थ्य क्षेत्रमा सोझै लगानी गर्नेछौं ।”
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना बनाउनु अघि नै विश्व स्वास्थ्य संगठनलाई यस महामारीले निम्त्याउने भयावह अवस्थाका बारेमा जानकारी रहेको दाबी गरेका छन् ।
कोरोनाभाइरसका कारण अहिले संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित रहेको छ । कोरोनाभाइरस फैलिएदेखि हालसम्म संयुक्तराज्य अमेरिकामा मात्र २५ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने छ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित सूचना ढाकछोप गरेको समेतका विषयमा विश्व स्वास्थ्य संगठनमाथि नै अमेरिकी अधिकारीहरुले छानबिन गर्ने पनि बताएका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनसँग चीनको बढ्दो हिमचिमका बारेमा आलोचना हुन थालेको छ । विश्वभर नै संकट उत्पन्न गरेको कोरोनाभाइरसको महामारीबाट विश्वभर १ लाख २६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एजेन्सी
News Desk 0 response बुधबार, बैशाख ३, २०७७

सम्बन्धित शीर्षकहरु
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



