

-
काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिएका छन् । उनीहरुको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
उनका अनुसार तीन जनामध्ये अपार्टमेन्टमा बसेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि पुनः परीक्षण गरिने उनले जानकारी दिए । अहिले तीनै जनालाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचार भइरहेको छ । सह प्रवक्ता डा अधिकारीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने सबैको परीक्षण आजैबाट शुरु गर्ने र सङ्क्रमितहरुका नजिकका आफन्तका कन्ट्र्याक ट्रेसिङ पनि आजैबाट शुरु गरिनेछ ।
योसँगै १६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । हिजो सोमबार दुई जनामा सङ्क्रमण देखिएको थियो । उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले सिल गरेको थियो ।
News Desk 0 response मङ्लबार, बैशाख २, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



