

-

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण विभिन्न देशहरूमा लागु गरिएका ‘लकडाउन’ खोल्न हतार गरिए त्यसले भाइरसको ‘घातक पुनरोदय’ हुनसक्ने चेतावनी दिएका छन् । डा. टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई बन्दाबन्दी खोल्नेबारे सचेत हुन आग्रह गरेका छन् ।
युरोपमा कोरोनाभाइरस सङ्क्रमणको मारमा परेको इटली र स्पेनले ‘लकडाउन’लाई जारी राख्दै बन्देज केही खुकुलो पार्ने बताइरहेका बेला गेहब्रेयससको चेतावनी आएको हो । कतिपय देशहरूले बन्दाबन्दीका कारण गम्भीर आर्थिक प्रभाव बेहोरिरहेका छन् ।
युरोपमा कोरोनाभाइरस सङ्क्रमणको सबभन्दा खराब असर बेहोरिरहेका इटली र स्पेनले त्यहाँ लगाइएका ‘लकडाउन’लाई जारी राख्दै बन्देजमा केही खुकुलो पार्ने बताइरहेका छन्।
संसारभरिमा अहिले सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने मर्नेहरूको सङ्ख्या पनि एक लाख नाघेको छ । जिनिभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रसले युरोपेली देशहरूमा सङ्क्रमणको गति ‘सन्तोषप्रद ढङ्गले घटिरहेको’ बताए ।
उनले विभिन्न सरकारहरूसँग मिलेर डब्लूएचओले बन्देजहरू खुकुलो पार्ने रणनीति निर्माण गरिरहेको तर तत्काल त्यसका लागि हतार भने गर्न नहुने बताए । “बन्देजहरू चाँडै हटाइएमा भाइरसको घातक पुनरोदय हुनसक्छ,” उनले भने ।
डब्लूएचओका प्रमुखले केही युरोपेली देशमा सङ्क्रमणको गति घटेकोमा सन्तोष प्रकट गरेका छन् । अमेरिकामा पनि अधिकारीहरूले त्यहाँ कोरोनाभाइरसको महामारी अब उच्च तहमा पुग्न लागेको हुनसक्ने बताएका छन् ।
ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलकी प्रमुख डिबोरा बिर्क्सले शुक्रवार उत्साहप्रद सङ्केतहरू देखा परेका तर अझै पनि महामारी उच्च विन्दुमा पुगिनसकेको बताइन् । यसबीच डा. टेड्रसले भाइरस अब अन्य देशमा तीव्र दरले फैलिरहेको चेतावनी दिएका छन्। उनले अफ्रीकामा ग्रामीण क्षेत्रमा भाइरस पुगेको बताए ।
“अफ्रिकी महादेशका १६ देशमा हामीले सङ्क्रमणका केही समूहगत मामिला तथा समुदायमा सङ्क्रमण देखिरहेका छौँ,” उनले भने । “सङ्क्रमण फैलिएमा शहरको जस्तो सुविधा उपलब्ध नभएको ग्रामीण क्षेत्रका पहिलेदेखिनै चापमा परेका स्वास्थ्य प्रणालीहरूमा अत्यन्त कठिनाइ हुनसक्छ ।” बीबीसी
News Desk 0 response शनिबार, चैत्र २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



