

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरि नै कोभिड–१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराएका छन् । यसअघि केन्द्रीयस्तरमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरिएको थियो ।
उनले केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरुपमा तयार भएको जानकारी दिए । त्यहाँ अहिले सयभन्दा बढी श्यया र ६६ वटा सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको छ ।
यसैगरी उनले आठजना सङ्क्रमित सबैका आफन्त, परिवार र साथीभाइ सबैको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिएका छन् । उनका अनुसार आजसम्म दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ तर नयाँ सङ्क्रमित नभेटिएको उनले जानकारी दिए ।
आजै १८० नमूना परीक्षण सङ्कलन गरिएको र ती सङ्कलितको नमूना परीक्षण भइरहेको छ । उनले मङ्गलबारदेखि ¥यापिड टेस्टमार्फत कैलाली र कञ्चनपुरमा नमूना परीक्षण भइरहेको बताएका छन् । ती तीन ठाउँमा १८० जनाको नमूना परीक्षण भइरहेको छ । यसैगरी अछाम, जुम्ला र सुर्खेतमा ८०२ जनाको स्वाब नमूना सङ्कलन गरेर काठमाडौँ ल्याइएको छ भने दिपायलमा आज ३०० जनाको स्वाब सङ्कलन गरिने छ ।
उनका अनुसार अहिले मुलुकभरि १३४ जना आइसोलेशनमा रहेका छन् । आठ हजार ५८० जना क्वारेन्टाइनमा रहेका छन् । कल सेन्टरमा तीन हजार ३०६ जनाको गुनासा सम्बोधन भएका छन् । मन्त्रालयको वेबसाइट र मोबाइल एपबाट ८२९ जनाले कोभिड–१९ को स्वपरीक्षण (सेल्फ इभ्यालुशन) गरेका छन् । तीमध्ये तीनजना रेड जोनमा परेको उनले जानकारी दिए ।
मन्त्रालयले नमूना सङ्कलनको दायरा बढाउनका लागि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो पिसिआर मेशिन पठाएको उनले बताए । यसैगरी मन्त्रालयले क्वारेन्टाइन निर्देशिका, सङ्क्रमण निदानका निम्ति कार्यविधिसमेत तयार पारेको छ ।
News Desk 0 response बुधबार, चैत्र २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१