

-

चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिसरमा स्थापना गरिएको कोभिड–१९ को प्रयोगशाला आइतबारबाट सञ्चालनमा आएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य, जिल्लास्थित दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमूना) प्राविधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गरेकी हुन् ।
पहिलो दिन भएकाले एउटा नमूनामात्र प्रयोगशालामा परीक्षण गरिएको छ । सो नमूना प्रदेश परीक्षण कार्यालय हेटौँडाको प्रयोगशालामा समेत पठाइएको छ । प्रयोगशाला शुभारम्भको अवसरमा प्रतिनिधि सभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला सञ्चालनमा आएको बताए । उनले चितवन र आसपासका बिरामीको नमूना परीक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताए ।
भरतपुर महानगरपालिका प्रमुख दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्चस्तरको प्रयोगशाला सञ्चालनमा आएको बताए । कोरोना अस्थायी अस्पताल निर्माणपछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उनले बताए । यहीँ प्रयोगशाला भएपछि छिटो नतिजा आउने र उपचारमा सहज हुने उनको भनाइ थियो ।
भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनमा आएसँगै रोग नियन्त्रणमा प्रभावकारी हुने बताए । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालनमा ल्याइएको हो । प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना विशेषज्ञ, प्राविधिक तयारी अवस्थामा रहेका छन् । एक ‘सिफ्ट’मा ९० वटा नमूना परीक्षण गर्न सकिने उनले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको देशकै उच्चस्तरको प्रयोगशाला स्थापना भएको भन्दै उनले क्षमता विस्तार गरेर एकै दिनमा ९०० सम्म नमूना परीक्षण गर्न सक्ने गरी प्रयोगशाला स्थापना गरिएको बताए ।
प्रयोगशालामा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेजअफ मेडिकल साइन्सेस र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राविधिकले काम गर्ने छन् । प्रयोगशालामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकरण ल्याइएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फतका निकायबाट उपलब्ध भएका उपकरण र रसायन प्रयोगमा ल्याइएको छ ।
राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा भएका उपकरणलाई उच्चतम प्रयोग गरी कोभिड–१९ प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सो अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक विमलेश झाले टेकुको दोस्रो प्रयोगशालाको रूपमा उच्चस्तरको प्रयोगशाला तयार भएको बताए । कोरोनाको परीक्षण यहाँ नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजले नमूना टेकु पठाउँदै आएकामा केही दिनअघिबाट हेटौँडा पठाउँदै आएका छन् । छिमेकी जिल्लाबाट समेत बिरामी आउने भएकाले यही प्रयोगशाला स्थापना गर्नुपर्ने माग बढेर गएको थियो ।
News Desk 0 response सोमवार, चैत्र २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३


