

-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसविरुद्धको अभियानमा सहयोग र साथ दिन सङ्घीय सरकार, स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था तथा आम नागरिकलाई आज आह्वान गरेका छन् । आज प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले कोरोनाका कारण अहिले उत्पन्न सङ्कटको समयमा सामाजिक र नागरिकको दायित्व निर्वाह गर्ने अभियानमा निजी अस्पताल पनि जोडिने विश्वास व्यक्त गरेका छन् ।
प्रदेशमा कोरोनाको सङ्क्रमणबाट बच्न र बचाउन हाम्रा सबै संयन्त्रहरुमार्फत आम जनतालाई सचेत र सजग गराउँदै अगाडि बढिएको उल्लेख गर्दै उनले रोगको रोकथाम, उपचार तथा निगरानीको व्यवस्थापनका लागि प्रदेश सरकारले रु ४० करोडको कोष खडा गरेको र यो कोषमा बैंक तथा निजी क्षेत्रबाट सहयोग रकम प्राप्त भइरहेको जानकारी दिएका छन् । मुख्यमन्त्री भट्टले भने, “कोरोनाको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई विशेष अस्पताल घोषणा गर्नुका साथै महाकाली प्रादेशिक अस्पताल र जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलाई कोरोनाको उपचार व्यवस्थापनका लागि आवश्यक रकम निकासा गर्ने व्यवस्था गरिएको छ ।
भारतलगायतका देशबाट नेपाल प्रवेश गर्न चाहने नेपाली प्रदेशका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेकोप्रति प्रदेश सरकारको ध्यानाकर्षण भई सङ्घीय सरकारसँग अनुरोध गरिएको भन्दै उनले भने, “यो विषयमा नेपाल भारतबीच एकअर्का देशका नागरिकलाई बसोबास र खानपिनको व्यवस्थासहित निश्चित अवधिसम्म सम्बन्धित ठाउँकै क्वारेन्टाइनमा राख्ने सहमति भएबमोजिम उहाँहरुलाई यथास्थानमा अन्तरिम व्यवस्थापन गरिएको छ, उहाँहरुलाई छिट्टै नेपाल प्रवेश गराई समस्या समाधानको पहल गरिएको छ ।
उनले सेती प्रादेशिक अस्पताल, डोटी र बैतडी जिल्लामा कोरोना भाइरसको समेत परीक्षण गर्ने निर्णय प्रदेश सरकारले गरेकामा सेती प्रादेशिक अस्पतालमा कोरोनाको परीक्षण शुरु भइसकेकामा डोटी र बैतडी अस्पतालमा समेत शीघ्र जनशक्ति र प्रयोगशालाको व्यवस्थापनका लागि सङ्घीय सरकारसँग आग्रह गरिसकिएको जानकारी दिएका छन् ।
मुख्यमन्त्रीले सङ्घीय र स्थानीय तहसँग समन्वय गरी आवश्यक स्वास्थ्य प्रणालीका साथै क्वारेन्टाइनको व्यवस्थापन, लकडाउनको पालना, सुरक्षा व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन, कालोबजारी नियन्त्रणका लागि प्रदेश सरकार व्यवस्थित ढङ्गले अगाडि बढेको बताएका छन् ।
अहिले उत्पन्न जटिल अवस्थाका कारण दैनिक ज्यालादारी गरी खाने र असहाय व्यक्तिको जीवनयापनका लागि सरकारले राहत प्याकेज उपलब्ध गराउन पहल गरिएको उनले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा चारजना कोरोना सङ्क्रमित भेटिएपछिको अवस्थामा सङ्घीय सरकारले कैलाली कञ्चनपुरमा ‘र्यापिड टेस्ट किट’ प्रयोग गरी शङ्कास्पद बिरामीको जाँच गर्न टोली खटाउने निर्णय गरेको बताउँदै मुख्यमन्त्रीले प्रदेशका अन्य जिल्लामा समेत उक्त परीक्षण गराउन प्रदेश सरकारले समन्वय गरिरहेको बताए ।
रोगको रोकथाम तथा निगरानीका लागि क्वारेन्टाइनका साथै आइसोलेशन श्ययाको व्यवस्थापन गरिएकामा रोगको सङ्क्रमित बढेको अवस्थामा थप तयारी गर्नुपर्ने महसुस भएको उनले बताए । कोरोनासँग लड्नकै लागि लक डाउन गरिएको स्पष्ट पार्दै उनले लकडाउन हाम्रो र हाम्रै परिवारका लागि, हाम्रै समाज र देशका लागि भएको बताएका छन् ।
उनले प्रदेशमा कोरोनाका सङ्क्रमित बढिरहेकामा नेपाल फर्किएका नागरिकबाट निजका आफन्तमा यो रोग सरेको देखिएकाले कोरोनाको भाइरसलाई तोड्नका लागि लकडाउनलाई पूर्णरुपमा पालन गर्न अपिल गरेका छन् । आमसञ्चारका माध्यमले जिम्मेवार ढङ्गले यथार्थपरक सूचना सम्प्रेषण गरी आम जनतामा सचेतता गर्नुपर्ने खाँचो रहेको बताउँदै मुख्यमन्त्रीले आधिकारिक सूचना सङ्कलन सम्प्रेषणमा सञ्चारमाध्यमले पुर्याएको योगदानको पनि स्मरण गरेका छन् ।
News Desk 0 response आइतवार, चैत्र २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



