-
काठमाडौं । एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अनुसार लकडाउनपछि १९ पर्यटकीय गन्तव्यमा रहेका पर्यटक र पथप्रदर्शकको उद्धार गरिएको हो ।
लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङ्टाङ, मनास्लु, गोरखा, लेते, बेंसीशहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको थियो । तिनमा सबैभन्दा धेरै लुक्ला क्षेत्रबाट हेलिकप्टर र जहाज चार्टर गरेर रोकिएकाहरुको उद्धार गरिएको थियो ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अनुसार आइतबार र सोमबार लुक्ला क्षेत्रमा रोकिएका ८५ नेपाली गाइडको उद्धार गरिएको छ । टानका अनुसार आइतबार ४५ र सोमबार ४० गरी ८५ नेपाली गाइडको उद्धार गरिएको हो । काठमाडौं आउन चाहने विदेशी तथा नेपाली गाइडलाई टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा रेक्स्यु उडान गरिएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार आज बिहान लुक्ला क्षेत्रबाट पाँच उद्धार उडान गरिएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले लुक्ला क्षेत्रमा रहेका नेपाली गाइड तथा विदेशीको उद्धारका लागि आज विभिन्न वायुसेवा कम्पनीले पाँच उडान गरिसकेको जानकारी दिएका छन् । त्याहाँबाट नेपाल वायुसेवा निगमको एक तथा सीता र समिट एयरले दुईदुई उडान गरेका हुन् ।
बिहान नै सबै उडान सम्पन्न भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार बिहानको पाँच उडानमा ७० जनाको उद्धार गरिएको हो । लुक्लामा रहेका विदेशी पर्यटक तथा नेपाली गाइडको उद्धारमा पाँच उडान र नेपाली सेनाको तीन उडान गरी आठ उडान अनुमति दिइएको थियो भने नेपाली सेनालाई धनगढी, सुर्खेत र विराटनगरमा उडान अनुमति दिइएको छ ।
News Desk 0 response सोमवार, चैत्र १७, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
बुधबार, पुस १७, २०८१आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
बुधबार, जेष्ठ २३, २०८१झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
बिहिबार, बैशाख २७, २०८१सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
आइतवार, फाल्गुन २०, २०८०-
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१ -
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१
-
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१ -
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१