-
काठमाडौँ । सरकारले कोभिड १९– को विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिने भन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा आग्रह गरेको हो ।
कोभिड १९– सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गरिरहेको सन्दर्भमा आज सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा प्रविधिमन्त्री डा युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सञ्चारकर्मीसँग पछिल्लो वस्तुस्थितिबारे जानकारी दिई कोरोना भाइरसप्रति सचेत भई आम जनतालाई सुसूचित गर्न आग्रह गर्नुभएको छ ।
‘नून र चिनीको अभाव छैन’
आपूर्तिमन्त्री भट्टका अनुसार आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको छ । उहाँले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने पनि जानकारी दिनुभयो ।चीनको वुहान प्रान्तबाट ५७ दिनअघि फैलिएको कोभिड– १९ बाट विश्वका धेरै मुलुक प्रभावित भए पनि नेपालमा हालसम्म यसको सङ्क्रमित भेटिएका छैनन् । तर विश्व स्वास्थ्य सङ्गठन र अन्य निकायको विश्लेषणमा दक्षिण एशियामा सङ्क्रमणको जोखिम हुनसक्ने जनाएपछि सरकारले विशेष सतर्कताका अपनाउन तयारी गरिरहेको छ । सरकारले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगनको निर्णय गरेको थियो ।
कालोबजारीलाई कारवाही
मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारवाही गर्न चेतावनी दिएको जानकारी दिनुभयो ।उहाँले गत २०७६ माघ महिनादेखि हालसम्म विभिन्न उद्यमी र व्यवसायीलाई कालोबजारी र अन्य कसूरमा कारवाही गरी रु ५६ लाख जरिवाना असुल गरिएको बताउनुभयो । मन्त्री भट्टले ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराउँदै इण्डक्सन चुलो र बिजुलीको प्रयोग बढाएर पनि आवश्यकता पूरा गर्न सकिने स्पष्ट गर्नुभयो । औषधि पसलहरुले जति माग्यो त्यति मात्रामा दिने प्रक्रियाका कारण सिटामोलको माग बढेको उल्लेख गर्दै आवश्यकतानुसार माक्स र सेनेटाइजरको आपूर्ति बढाइएको जानकारी दिनुभयो । मन्त्री भट्टले विपद्को अवस्थामा सञ्चारमाध्यमले आम जनतालाई सुशिक्षित र सुसूचित गराउन भूमिका खेल्नुुपर्नेमा पनि जोड दिनुभयो ।
प्रभावित पर्यटन क्षेत्रलाई राहत दिइने
अर्थमन्त्री डा खतिवडाले कोरोना भाइरसको जोखिमका कारण हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल र ट्रकिङ तथा हस्तकला जस्ता क्षेत्र बढी प्रभावित भएको जनाउँदै जोखिमबाट मुक्तिपछि छिमेकी मुलुकबाट अफसिजनमा पनि पर्यटक ल्याएर क्षतिपूर्ति गराउन गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको स्पष्ट गर्नुभयो । मुलुकको कूल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र भएकाले पर्यटन क्षेत्रमा देखिएको असरका कारण समग्र आर्थिक क्षेत्रमा ठूलो मात्रामा असर नपर्ने स्पष्ट गर्नुभयो ।मूल्यवृद्धि घट्दो
मन्त्री डा खतिवडाले भाइसरको जोखिममा मानिसको ज्यान बचाउनुपर्ने भएकाले विश्व श्रम बजारमा जान रोक लगाइएका नेपाली श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आएमा रोजगारी दिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा कमीका कारण तत्काल बैँङ्कििङ क्षेत्रमा नकारात्मक असर नपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग करिब ७० अर्बको बैँङ्कििङ लगानी गर्नसक्ने स्थिति छ । मूल्यवृद्धि क्रमशः घट्दो दरमा छ । उद्योग क्षेत्रमा चार प्रतिशतले आयात वृद्धि भएको छ । चीनतर्फको नाकाबाट सामान ल्याउनमा केही समस्याका कारण स्याउ र लसुनको भाउ बढेको भए पनि चीनका नाकामा रोकिएका मालसामानका कन्टेनरलाई रोकिएको १४ दिन नेपालतर्फ ल्याउनेतर्फ पहल भइरहेको छ । त्यसकारण विषम समस्या आउँछ भन्ने अवस्था छैन । कुनै भ्रमित हुनुपर्दैन ।”सरकारी र गैह्रसरकारी स्वास्थ्यकर्मी परिचालित
नेपाल सरकारका प्रवक्ता मन्त्री खतिवडाले कोभिड–१९ को जोखिमप्रति पूर्व तयारीलाई चुस्तदुरुस्त राखिएको, प्रदेश र स्थानीय तहसम्म यसबारे समन्वय बढाइएको, हवाई र स्थलमार्गबाट आउने विदेशी र तीनबाट सर्न सक्ने भाइरसको जोखिमलाई ध्यान दिएर पहिल्यै आवागनमा प्रतिबन्ध लगाउन थालिएकाले हालसम्म मुलुकका कुनै पनि व्यक्तिमा भाइरस नदेखिएर नेपाल बच्न सफल भएको बताउनुभयो । हाल नेपाल र छिमेकी मुलुकका १४१ नाकामा स्वास्थ्य परीक्षणको प्रबन्ध गरिएको छ ।मन्त्री खतिवडाले सरकारी र गैह्रसरकारी क्षेत्रका स्वास्थ्यकर्मीलाईसमेत स्वम्सेवकका रुपमा परिचालन हुन आग्रह गरिएको र कोभिड– १९ को रोकथाम र उपचारका लागि आवश्यक पर्ने उपकरणका लागि छिमेकी मुलुक र अन्य मुलुकबाट सहयोग लिन थालिएको जानकारी दिनुभयो ।उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद बिडारीले हाच्छ्युँ आउँदैमा कोरोना जाँच गर्नु नपर्ने जनाउँदै त्यसरी जाँच गर्दा स्रोतको सदुपयोग नहुने बताउनुभो । उहाँले हालसम्म नेपालमा आशङ्कितमध्ये करिब ५०० लाई कोरोना भाइरसको जाँच हुँदा नेगेटिभ पाइएको जानकारी दिनुभयो ।
सो अवसरमा सञ्चारकर्मीले एकीकृत र छिटो सूचना प्रवाह गर्न, स्थानीय तहसम्म समन्वय बढाउन, सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट जनचेतनामूलक समाचार वृद्धि गर्न, जाँच गर्ने स्थल बढाउनेलगायत सुझाव दिएका थिए ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
बुधबार, पुस १७, २०८१आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
बुधबार, जेष्ठ २३, २०८१झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
बिहिबार, बैशाख २७, २०८१सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
आइतवार, फाल्गुन २०, २०८०-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१