

-

काठमाडौँ । नेपाल ट्रस्टले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आज यहाँ आयोजना गरेको ट्रस्टको ‘सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण सार्वजनिक’ कार्यक्रममा ट्रस्ट सञ्चालक समितिका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले
श्वेतपत्र जारी गर्दै हालसम्म ट्रस्टको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।उहाँले व्यवस्थितरुपमा जानकारी दिन नसक्दा ट्रस्टबारे भ्रम आएकाले ट्रस्टको सम्पत्ति विवरण सार्वजनिक गरेको बताउनुभयो । उहाँका अनुसार ट्रस्टको नाममा हालसम्ममा २१ हजार ५६२ रोपनी चार आना दुई पैसा एक दाम क्षेत्रफल जग्गा रहेको छ । जसअनुसारमा सबैभन्दा बढी धादिङमा १५ हजार १०१ रोपनी ११ आना दुई पैसा एक दाम रहेको छ ।
धादिङपछि काठमाडौँमा चार हजार ४४२ रोपनी तीन दाम, चितवनमा ७६७ रोपनी ११ आना दुई पैसा, सुर्खेतमा ४५७ रोपनी सात आना दुई दाम, नुवाकोटमा २४० रोपनी ६ आना, भक्तपुरमा ११३ रोपनी दुई आना तीन पैसा रहेको छ । यी जग्गाको लालपुर्जा ट्रस्टसँग रहेको छ । ट्रस्टको ललितपुर, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुपाञ्चोक, कास्की गरी १२ जिल्लामा जग्गा रहेका छन् । ट्रस्टका अध्यक्ष पोखरेलले ट्रस्टको जग्गाबारे जानकारी दिनका लागि श्वेतपत्र जारी गरिएको बताउनुभयो ।
उहाँका अनुसार पुससम्ममा ट्रस्टको नाममा चलसम्पत्तिको रु ७८ करोड नौ लाख ७७ हजार ७९३ रहेको छ । यसैगरी अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउण्ड स्टर्लिङ ५० हजार १२४ समेत बैंकमा मौज्दात रहेको छ । श्वेतपत्रअनुुसार नविल बैंकको शेयर पाँच लाख ३३ हजार २४४ कित्ता, होटल डेल अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको छ हजार ७५० कित्ता ट्रस्टको स्वामित्वमा रहेको छ ।
सरकारले तत्कालीन राजा वीरेन्द्र शाहका परिवारको सम्पत्ति संरक्षण गर्नका लागि २०६४ मङ्सिर ६ गते नेपाल ट्रस्टको स्थापना गरेको हो । ट्रस्टको स्थापना गरेसँगै सरकारले तत्कालीन राजारानीका स्वदेश तथा विदेशमा रहेका सम्पत्ति ट्रस्टमा ल्याउने गरेको छ ।
यसैगरी ट्रस्टले विभिन्न ठाउँमा रहेका अचल सम्पत्तिसमेत सार्वजनिक गरेको छ । काठमाडौँ १९ स्थान, ललितपुरमा एक ठाउँ, भक्तपुरमा दुई ठाउँ धादिङ एक, सिन्धुपाञ्चोक एक, नुवाकोट तीन, धनकुटा एक, मकवानपुर एक, काभ्रे एक, सुर्खेत एक, कास्की एक र चितवन एक ठाउँमा विभिन्न दरबार, महल, बङ्गला र जङ्गल भएका अचल सम्पत्ति रहेको श्वेतपत्रमा उल्लेख छ । ट्रस्टको सम्पत्तिमध्ये गोकर्ण, कमलादी, टेकु, लाजिम्पाटको सम्पत्ति तत्कालीन राजदरबारबाट लिजमा दिइएको थियो भने दरबार र ताहाचलमा रहेको सम्पत्ति ट्रस्ट स्थापनापछि सरकारले लिजमा दिइएको हो ।
यसैगरी छोटो अवधिका भाडामा दिइएका सम्पत्तिमध्ये वैदेशिक रोजगार कार्यालय ताहाचल, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय काठमाडौँ, गरिबी निवारण कोष काठमाडौँ र निजामती आवासीय विद्यालय धनकुटा रहेका छन् । उहाँले ट्रस्टको सम्पत्ति अधिकतम हित हुने गरी प्रयोग गर्ने बताउनुभयो ।
उहाँले ट्रस्टको सम्पत्तिबाट भएको आम्दानीले हामीले शैक्षिक, स्वास्थ्य, पर्यटन क्षेत्रसहित शिक्षामा छात्रवृत्ति र विद्यालय भवन, प्रयोगशाला बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको होमस्टे संचालनका लागि कार्यविधि बनाएर जग्गा भाडामा दिइनसमेते बताउनुभयो ।
१७४ रोपनी फिर्ता गर्ने प्रयासमा
यसैगरी ट्रस्टको नाममा रहेको तर मोही लागेको जग्गा १७४ रोपनी फिर्ता गर्ने प्रयासमा रहेको बताउनुभयो । उहाँले उक्त जग्गाको बारेमा आफूहरुले सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई जानकारीसमेत गराइसकेको उपप्रधान एवं रक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो ।२०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले ट्रस्टको नाममा रहेको १७४ रोपनी जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी गर्ने निर्णय गरेको थियो । “त्यसबेला भएका निर्णय के–के भएका थिए, त्यसको जानकारी माग गरिएको छ”, उहाँले भन्नुभयो, “हामी त्यो मोहीमा कसरी गयो भनेर खोजनिती गर्दैछौँ ।”
त्यतिबेला काठमाडौँको मातातिर्थामा ५४ रोपनी एक आना तीन पैसा, थानकोट र महादेवस्थानको १०२ रोपनी तीन पैसा, सतुङ्गलको एक रोपनी छ आना एक दाम र बालाजु १० रोपनी छ आना एक पैसा मोही तथा निजको हकवालाको नाममा नामसारी गर्ने निर्णय गरेको थियो । समिति अध्यक्ष पोखरेलले देशभरि नै ट्रस्टका जग्गाको खोजीनीतिको क्रम जारी रहेको पनि बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३


