

-
ललितपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सो जानकारी दिनुभयो । उहाँले जिल्लाका ग्रामीण भेगका समुदाय शहरी क्षेत्रको तुलनामा निजी आवास पुनःनिर्माणमा अब्बल रहेको बताउनुभयो । सदस्य डा श्रेष्ठले भन्नुभयो, “जिल्लाभित्र २६ प्रतिशतमात्र निजी आवास पुनः निर्माणको काम सम्पन्न भएको छ । यसमा बढी ग्रामीण भेग रहेको देखिन्छन् ।”
यहाँ कूल २८ हजार ४८२ लाभग्राहीमध्ये १० हजार १८४ जनाले मात्र तेस्रो किस्ता लिएका छन् । कार्यक्रममा पुजारी सङ्घका अध्यक्ष यज्ञराज शाक्यले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न गर्नुभयो
जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख शिवराम गेलालले प्रभावित जनताले भत्केकै स्थानमा बनाउन अनुदान पाउने जानकारी दिनुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले वडा नं २२ बुङ्मती क्षेत्रमा पुनःनिर्माणमा देखिएको समस्या सम्बोधन हुने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले पुनःनिर्माणको कामलाई गति दिन आग्रह गर्दै समस्या हटाउन आवश्यक सहयोग हुने बताउनुभयो । टिआई नेपालका कोषाध्यक्ष किरण थापाले सुशासन मार्फत पुनःनिर्माणको कामलाई अगाडि बढाउनु पर्छ भन्नुभयो । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


