-
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बेलाबेलामा प्राध्यापकहरू माग्ने गरेकोमा धेरै वर्षसम्म यो क्रम रोकियो । विश्वविद्यालयले कैयौँ वर्षसम्म पनि प्राध्यापकको माग गर्नु पर्ने हो । नियमानुसार प्रत्येक ६–६ महिनामा आयोगले शिक्षक माग गर्नुपर्छ । तर, राजनीतिक भागबण्डा र बेथितिले गाँजेको विश्वविद्यालयले त्यो आवश्यकता महसुस गरेन । ३–४ वर्षमा मात्रै विज्ञापन निकाल्दा धेरै प्राध्यापकले सेवा आयोग जानै पाएनन् । पछिल्लो समय भने केही सुधार भएको छ । वर्षको एकपटकजसो विज्ञापन निक्लन थालेको छ ।
‘प्राध्यापक हुन लोकसेवा उत्तीर्ण हुनै पर्छ । तर, आयोग नै नखुल्दा कतिले लोकसेवा लड्नै पाएनन् । विश्वविद्यालयले कति प्राध्यापक आवश्यक छन् भन्ने नहेरेर सीमित सिटमा मात्रै विज्ञापन निकाल्नाले पनि अप्ठ्यारो परेको हो ।
‘टियुको विज्ञापन अलि ढिला हुन्छ र आवश्यकता नहेरेर थोरै मात्र मान्छे मागिन्छ’, पृथ्वीनारायण क्याम्पस प्रमुख प्राध्यापक डाक्टर चन्दबहादुर थापाले भने, ‘हिजो दुईवर्षको कोर्ष थियो, अहिले ४ वर्षे भएको छ तर पनि उस्तै छ ।’ अर्कोतर्फ, विश्वविद्यालयले आंशिक र करारमा रहेकाहरूले मात्रै परीक्षा दिन पाउनेगरी पनि विज्ञापन निकालेको छ । कानुनत ः विज्ञापन निकाल्दा एउटा वर्गको मात्रै हित हेर्न मिल्दैन । तर, गरियो । सर्वोच्च अदालतमा यो विषयलाई लिएर मुद्दा नै प¥यो । तैपनि जस्केलाबाट प्राध्यापक बनाउन छाडिएन । पोखराको पृथ्वीनारायण क्याम्पसमा २ सय १८ जना आंशिक प्राध्यापक छन् । उनीहरूमध्ये कतिले प्राध्यापक बन्न परीक्षा दिए थाहा छैन । परीक्षा दिएर आफूलाई अब्बल सावित गर्नसके उनीहरू स्थायी नै बन्थे । तर, अहिले पनि ज्यालादारीमा पढाउँछन् ।
‘अहिले आंशिक रहेकाहरूले कि त अवसर नपाएको भन्नुप¥यो, हैन भने परीक्षा उत्तीर्ण हुन नसकेर आंशिकमा झुण्डिएको स्विकार्नुप¥यो’, क्याम्पस प्रशासनका एक कर्मचारीले भने,‘ आफूलाई अब्बल सावित गर्नेहरू सबै स्थायी भएका छन् ।’ उनले खुला परीक्षा हुने हो र अहिले भएका प्राध्यापकहरूलाई पनि परीक्षा दिन लगाउने हो भने यीमध्ये कति पास होलान् ? भन्ने प्रश्न पनि गरे ।
अहिले उनै आंशिक प्राध्यापकहरू आन्दोलनमा छन् । आन्दोलन चर्किंदै गर्दा कलेजको पढाइ बन्द भएको छ । चाँडै समस्या समाधान होस् र आफूले पढ्न पनि पाइयोस् भन्दै विद्यार्थीले कलेजको मूलगेटमा ताला लगाए । आंशिक समान ज्याला मासिक रुपले पाउनुपर्ने तथा आफूलाई करारमा राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहँदा भएको समस्या समाधानको प्रयास पनि सफल हुन सकेको छैन । क्याम्पस प्रशासनले विश्वविद्यालय गुहारेको छ । समस्याबारे बुझ्न उपकुलपतिको प्रतिनिधित्व गर्दै ३ सदस्यीय टोली पोखरा आएको छ । विश्वविद्यालयबाट आएका ओम बराल, कृष्ण आचार्य र बाबुराम दाहालले समस्या के हो भन्नेबारे सबै विभागीय प्रमुखसँग बुझेका छन् । क्याम्पस प्रमुख थापाका अनुसार तत्काल के गर्न सकिन्छ, पछि के गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ ।
विश्वविद्यालयले यो समस्या समाधान गर्न छुट्टै टास्कफोर्स बनाउने तयारी पनि थालेको छ । तर, समस्याको जरो बुझ्न आएको प्रतिनिधिमण्डलसँग आन्दोलनरत आंशिक प्राध्यापकले भने वार्तामा बस्न अस्वीकार गरेका छन् । कार्यदलको कामप्रति असन्तुष्टि जनाउँदै वार्तामा नबस्ने अडान लिएको आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनील गौतमले बताए । ‘वार्ता टोली हामीमा परेको समस्या समाधान गर्न होइन, समस्यालाई आलटाल गरेर झन् समस्या थप्न आएजस्तो देखियो’, उनले भने, ‘कार्यदलले तयारी नगरी आएजस्तो लाग्यो त्यसैले यही अवस्थामा वार्तामा बस्दैमा समस्या समाधान हुँदैन ।’ जनआस्थाबाट
News Desk 0 response आइतवार, माघ २६, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१