

-
दमौली । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्ष ०७६/७७ का लागि संशोधित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको शुक्रबारदेखि शुरु भएको ३२ औँ नगरसभामा उपप्रमुख मीरा जोशीले चालु आवका लागि रु एक अर्ब ४४ करोड ४४ करोड ८२ लाख ७६ हजार ७०० को संशोधित आय प्रस्तुत गर्नुभयो । ३१ औँ नगरसभाबाट चालु आवका लागि रु एक अर्ब २३ करोड १८ लाख २५ हजारको बजेट पारित भएको थियो ।
आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा रु एक करोड २१ लाख ९६ हजार थप आय हुने गरी कूल आन्तरिक आय रु १६ करोड छ लाख ९६ हजार हुने गरी संशोधन गरिएको छ । बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी रु पाँच करोड ५७ लाख ५५ हजार ७१७ थप आय हुने गरी कूल बाह्य र अन्य आय रु एक अर्ब २८ करोड ७५ लाख ८० हजार ७१७ हुने अनुमान गरिएको छ ।
चालु खर्चतर्फ रु ७७ करोड ८६ लाख ७९ हजार अनुमान गरिएकोमा पुस मसान्तसम्म रु २७ करोड ७८ लाख दुई हजार ७३२ खर्च हुन आएको छ । पूँजीगततर्फ रु ६० करोड १६ लाख ४६ हजार विनियोजन गरिएकोमा पुस मसान्तसम्म रु १० करोड ९२ लाख ७७ हजार २५३ खर्च हुन आएको छ । चालु र पूँजीगत गरी कूल जम्मा रु ३८ करोड ७० लाख ७९ हजार ९८५ यथार्थ खर्च हुन आएको नगरपालिकाले जनाएको छ ।
उहाँका अनुसार साउनदेखि हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालु खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा रु एक करोड ८८ लाख १४ हजार थप व्यय गर्ने गरी कूल चालु खर्च रु ७९ करोड ७४ लाख ९३ हजार संशोधित अनुमान कायम गरिएको छ । पूँजीगततर्फ विभिन्न कार्यक्रममा खर्च हुने गरी साविकको व्यय अनुमानमा रु चार करोड ९१ लाख ३७ हजार ७१७ थप गरी कूल व्यय अनुमान रु ६५ करोड सात लाख ८३ हजार ७१७ को संशोधित विनियोजन कायम गरिएको छ । चालु खर्च र पूँजीगत खर्च शीषर्कको खर्चसमेत गरी कूल रु एक अर्ब ४४ करोड ८२ लाख ७६ हजार ७१७ को संशोधित विनियोजन कायम हुने गरी व्यय अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
गत आव ०७५/७६ का लागि कूल रु एक अर्ब २२ करोड ३४ लाख ८३ हजार ५१२ को संशोधन आय अनुमान गरिएकोमा रु एक अर्ब २० करोड ९० लाख ८१ हजार ८४ यथार्थ आय हुन आएको नगरपालिकाले जनाएको छ । व्ययतर्फ कूल रु एक अर्ब २२ करोड ३४ लाख ८३ हजार ५१२ को संशोधित विनियोजन गरिएकोमा रु एक अर्ब आठ करोड ६३ लाख ३३ हजार ३६७ यथार्थ खर्च हुन आएको थियो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सभामा चालु आवको यस अवधिमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, अव्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वन, वातावरण तथा विपद् व्यवस्थापनलगायका क्षेत्रमा काम गरेको बताउनुभयो । नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्भे गर्ने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आवमा नगरस्तरीय ७०, वडास्तरीय ३३७, क्रमागत १०० र विविध फुटकर योजना ७८ समेत गरी जम्मा ५८५ योजना कार्यान्वयनको चरणमा रहेका छन् । यस वर्ष वडा नं ४, ७, १० र ११ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालन भइसकेको, वडा नं ५ को सञ्चालन गर्ने तयारी भएको र वडा नं ९ को कार्यालयको ढलान सम्पन्न भएको जनाइएको छ ।
केशवटार मार्ग, छाब्दीमार्ग, छिर्कने कर्लुङ मार्ग, खड्गकाली मार्ग, पराशर मार्ग, कलेस्ती मार्ग, क्यामिन पर्यटन मार्ग, कालिका मार्ग, माहेन्द्री मार्ग, वैरेनी नयाँबस्ती मार्गको बोलपत्र प्रक्रिया सम्पन्न भई कालोपत्रे निर्माण सम्पन्न भएको छ ।
नगरसभामा लेखा समिति, विधायन समिति, न्यायिक समिति, आर्थिक समिति, भौतिक पूर्वाधार समिति, सार्वजनिक सेवा तथा सुशासन समिति, वन तथा वातावरण समिति, सामाजिक विकास समितिलगायत अन्य समितिका संयोजकले अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरसभाले संशोधित बजेट, कार्यक्रम, आर्थिक तथा विनियोजन विधेयक पारित गर्ने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।
भ्रमण र महँगी भत्ता घटाउने प्रस्तावनगरसभाले जनप्रतिनिधिको भ्रमण भत्ता, कर्मचारी तलब, महँगी भत्तालगायतमा बजेट घटाउने भएको छ । संशोधित व्यय अनुमानमा उल्लेख गरिएबमोजिम जनप्रतिनिधि दैनिक भ्रमण भत्तातर्फ रु १० लाख विनियोजन गरिएकोमा रु चार लाख बजेट घटाइएको छ । कर्मचारी तलबतर्फ रु रु छ करोड विनियोजन गरिएकोमा रु दुई लाख ४० हजार, कर्मचारी महँगीभत्तातर्फ रु २२ लाख विनियोजन गरिएकोमा रु तीन लाख, कर्मचारी दैनिक भत्तातर्फ रु २० लाख विनियोजन गरिएकोमा रु एक लाख ५० हजार बजेट घटाउने जनाइएको छ । रासस
News Desk 0 response शनिबार, माघ २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


