

-
काठमाडौँ । सरकारी कर्मचारीको कामचोर र केही घुसखोरी प्रवृत्तिका कारण कार्यसम्पादन नै धराशायी भइरहेका बेला पहुँचवाला निकायले भने कार्यालय समयभित्रै काम गरेबापत ५० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने व्यवस्था मिलाएका छन् ।
न्यायाधीश र कर्मचारीले प्रोत्साहन भत्ता पाउने भएपछि रामशाहपथस्थित सर्वाेच्च अदालतमा भागदौड शुरु भएको छ । कार्यालय समयभन्दा बढी काम गरेको अवस्थामा अतिरिक्त भत्ता लिन पाइने कानुनी व्यवस्थाविपरित श्रीमान्हरूले छिटो न्याय सम्पादन गर्ने नाममा कार्यालय समयमै काम गरेबापत अतिरिक्त भत्ता पाउने व्यवस्था मिलाएका हुन् । यसअघि बिहान ९ बजेभित्र कर्मचारी आइसक्नुपर्ने र बेलुकी ६ बजेपछि मात्रै जाने व्यवस्था थियो । कार्यालय समयअघि र पछि साँझ बिहान (९ बजेदेखिको एक घण्टा र बेलुका ५ बजेदेखिको एक घण्टा) गरी अतिरिक्त दुई घण्टा बढी काम गरेबापत अतिरिक्त भत्ता लिन्थे । तर, अहिले दुईवटा सेशन छुट्ट्याएर कार्यालय समयकै अतिरिक्त भत्ता लिने तयारी चल्दै छ ।
सर्वाेच्चले बिहान साढे १० देखि साढे ११ बजेसम्म एउटा सेशन र साढे ११ देखि बेलुकी ५ बजेसम्म अर्काे सेशन छुट्ट्याएर अतिरिक्त भत्ता खुवाउने प्रबन्ध मिलाएको हो । श्रीमान्हरूले कार्यालय समयमै काम गरेबापत्त अतिरिक्त भत्ता लिन पाइन्छ वा पाइँदैन ? यससँगै कार्यालय समयमै काम गरेबापत तलबको ५० प्रतिशत न्यायाधीशले र ३० प्रतिशत अतिरिक्त भत्ता कर्मचारीले बुझ्छन् । लक्ष्य लिइएको छ–अबको तीन महिनाभित्र ५ हजार मुद्दा फस्र्याेट गर्ने ।
यसरी हतारहतार मुद्दा टुंग्याउँदा त्यसले कस्तो न्याय सम्पादन होला ? कतै हतपतको काम लतपत त हुँदैन ? सर्वाेच्चमा २५ हजार मुद्दा विचाराधीन छन् । असार मसान्तसम्म १७ हजार दर्ता थिए । ६ महिनामा आठ हजार थपिए । यस विषयमा दुई साताअघि सर्वाेच्चले वकिल र नेपाल बारका पदाधिकारीसँग छलफल गरेको थियो । अधिकांश वकिलले यसको विरोध गरे पनि यही महिनादेखि लागू हुनेगरी सुविधा लिन लागिएको हो । सर्वाेच्चका २० न्यायाधीश र कर्मचारीलाई त यसबाट आर्थिक लाभ होला । तर, जिल्ला, उच्च अदालत हुँदै २०औं वर्षदेखि न्यायको खोजीमा सर्वाेच्च पुगेका पीडितले न्याय पाउलान् ? जनआस्थाबाट
News Desk 0 response शुक्रबार, माघ २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



