

-
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । नौवटै वडाबाट सहभागी छनोट गरेर पोखरास्थित एक इन्स्टिच्युटमा राजपत्र अनङ्कित प्रथम श्रेणी(नायब सुब्बा) तथा राजपत्र अनङ्कित द्धितीय श्रेणी(खरिदार) को पाठ्यक्रममा आधारित कक्षा सञ्चाल गर्न लागिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिनुभयो । महिलातर्फ ११ तथा दलित पुरुष दुई र दलित महिला १४ गरी २७ सहभागी रहेका छन् ।
गाउँपालिकाबाट पहिलोपटक लोकसेवा तयारीमा सहयोग गरिएको बताइन्छ । “लक्षित वर्गका लागि विनियोजित बजेट विभिन्न तालीम, गोष्ठीका लागि खर्च गर्नुभन्दा प्रत्यक्ष उनीहरुका लागि फाइदा पुग्ने क्षेत्रमा लगाउने उद्देश्यले कार्यक्रम गरेका हौँ । यसबाट निजामती सेवामा प्रवेशका लागि उनीहरुलाई सहज हुनुका साथै मानव संशाधन विकासमा समेत सघाउने छ ।” उहाँले भन्नुभयो ।
सहभागीको ८० प्रतिशत गाउँपालिको ब्येर्होने छ । बुधबार गाउँपालिकामा भएको तयारी कक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण गुरुङले स्थायित्व र वृत्ति विकासको सबैभन्दा राम्रो अवसर निजामती सेवामा रहेकाले देशका लागि सक्षम जनशक्ति उत्पादन गर्दै पछाडि परेको दलित र महिलाको सहभागिता वृद्धि गर्न कार्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो । रासस
News Desk 0 response बिहिबार, माघ २३, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१