

-
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताउनुभएको छ । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उहाँले सञ्चारमाध्यमले नागरिकमा जागरण ल्याउने र सरकारले गरेका राम्रा कामको प्रचार आवश्यक रहेको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले नैतिक र समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नैतिक मूल्य र मान्यतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । “पत्रकारिताको अध्ययनमा प्रविधिको प्रयोगलाई बढाउनु पर्दछ । डिजिटल प्रविधिसहितको भवन निर्माण यसैको सङ्केत हो”, उहाँले भन्नुभयो, “नयाँ र डिजिटल मिडियाको प्रयोग सञ्चारमाध्यमलाई विश्वसनीय बनाउदै लगेको छ ।”
अर्थमन्त्री खतिवडाले डिजिटल मिडियाको बढ्दो प्रयोगले छापा माध्यमको लोकप्रियता घट्ने हो कि भन्ने चिन्ता व्याप्त छ तर छापा माध्यमको आफ्नो छुट्टै महत्व रहेकाले यसको विश्वसनीयता नघट्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै संस्थाका रुपमा विकास गर्ने गरी ऐन निर्माण गर्न लागिएको जानकारी दिदैं खोज अनुसन्धान र अन्वेषणमूलक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेकाले यसका लागि विश्वविद्यालय अनुदान आयोगलाई पर्याप्त बजेट उपलव्ध गराउन लागेको बताउनुभयो ।
“प्राविधिक, वैज्ञानिक र व्यवसायिक शिक्षामा सरकारको सहयोग रहन्छ” उहाँले भन्नुभयो, “शिक्षाको विकासका लागि सरकारले नीजि क्षेत्रसँग पनि आवश्यक सहकार्य गर्दै अघि बढ्छ ।” उहाँले सरकारले सबै स्थानीय तहसम्म इन्टरनेटको पहुँच पुर्याउन लागेको जानकारी पनि दिनुभयो ।
त्रिविका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख चिरञ्जीवि खनालले २१ करोड ५५ लाख ९५ हजार लागतमा उक्त भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । उहाँले विभागमा जनशक्ति अभावका कारण कार्यसम्पादनमा समस्या आउने गरेको उल्लेख गर्दै आवश्यक जनशक्तिको व्यवस्था गरी काम कारवाहीलाई प्रभावकारी बनाइने बताउनुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थानका परामर्श सेवाका प्रमुख नारायण गौतमले पत्रकारिताका विविधि आयमलाई सङ्केत गर्ने गरी भवनको डिजाइन तयार गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ बन्ने भवनमा पुस्तकालय, प्रयोगशालासहित ७० जना विद्यार्थी अट्ने कक्षा कोठा र रेडियो, टेलिभिजन प्रशारण हुने प्रविधि जडान गर्न मिल्ने व्यवस्था गरिएको छ । भवन निर्माण समितिका संयोजक देवराज अर्यालका अनुसार दुई वर्षमा बन्ने भवन साढे चार तलाको हुनेछ । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


