

-
काठमाडौँ । सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि उक्त समितिले आज बिहान उहाँको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “विधि, पद्धति र प्रक्रियाको पूर्णपालना गर्नेछु, राष्ट्र र जनताको सर्वोपरी हितका खातिर काम गर्ने मेरो भगिरथ प्रयत्न रहनेछ ।” सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
समितिका सदस्यहरुले योग्यता र क्षमताका आधारमा मात्र नभई विपक्षी दलको समेत सहयोगमा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएका समितिका सदस्यलाई संसद्को सर्वोच्च पदमा आसिन भएको देख्न पाउँदा आफूहरुलाई गौरवको अनुभूति भएको बताउँदै राष्ट्रघात हुने कुनै पनि काम सभामुखबाट नहुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँहरुले नेपालको गणतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधानसभामार्फत संविधान निर्माणलगायत देश र जनताका निम्ति श्री सापकोटाले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै सुशासन प्रवद्र्धन, राष्ट्रिय सुरक्षा र नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न गम्भीर भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । रासस
News Desk 0 response आइतवार, माघ १९, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


