-
काठमाडौँ । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका लागि नयाँ बसपार्क शुद्धीकरण अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । “बसपार्क क्षेत्रमा बसेर लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति गर्ने÷गराउने, तोकिएको मापदण्ड पालना नगरी बिचौलिया राखेर यात्रुलाई हैरानी दिनलाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो ।
पक्राउ पर्नेमा उर्वसी डान्सबारका सञ्चालक, नमस्ते डान्सबारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्टका सञ्चालक, गोरखा मनकामना गेष्टहाउसका सञ्चालकलगायत छन् । पक्राउ परेकासँग प्रहरीले लागुऔषध गाँजा र नाइट्राभेट ट्याब्लेटसमेत बरामद गरेको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । “नयाँ बसपार्क विस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँ बसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रको रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरेको बताउनुभयो । प्रहरीले पक्राउ परेकालाई आवश्यक अनुसन्धान गरी मुद्दासमेत चलाउने तयारी गरेको छ । रासस
News Desk 0 response आइतवार, माघ १९, २०७६
सम्बन्धित शीर्षकहरु
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ कति ?
सोमवार, माघ ७, २०८१कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई र उपत्यकामा हुस्सु
सोमवार, माघ ७, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१