-
काठमाडौँ । आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हाल्नुभएको छ ।
उहाँ सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील उहाँ सो पदमा पुग्ने पहिलो नेपाली तथा एशियाबाट पहिलो व्यक्तित्व हुनुहुन्छ । महासङ्घको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले उहाँलाई सो पदमा निर्वाचित गरेको थियो । उहाँले प्राप्त गर्नुभएको मत सार्वजानिक नगरिए पनि हालसम्मको सर्वाधिक दुईतिहाइ मत प्राप्त गर्नुभएको जनाइएको छ । बोर्डमा विश्वका शक्तिशाली २९ देश रहन्छन् ।
सो पदमा एक वर्ष अगाडिदेखि छनोट प्रक्रिया शरुआत हुने बताइन्छ । लिखित तथा मौखिक परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याएकामध्ये विपद् व्यवस्थापनमा ज्ञान, सीप, दक्षता भएका एक जनालाई बोर्डले मतदान प्रक्रियाबाट सो पदमा छनोट गर्दछ । उहाँको चारवर्षे कार्यकाल १ फेब्रुअरी २०२० देखि औपचारिक शुरुआत भएको महासङ्घले आज जनाएको छ ।
विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको साझा संस्थाका रुपमा महासङ्घ रहेको छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९२ देशका रेडक्रस सोसाइटीको महासङ्घमा आबद्धता रहेको छ । युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गर्नुभएको थियो । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरीबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा महासङ्घले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करीब एक अर्ब जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता महासङ्घले पु¥याएको जनाइएको छ ।
हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का हुनुहुन्छ । यसअघि महासङ्घको महासचिव पदमा इलाड सइ हुनुहुन्थ्यो । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा निवर्तमान महासचिव सइले महासङ्घले कुशल, अतियोग्य, क्षमतवान तथा नयाँ गतिशीलता प्रदान गर्ने महासचिवका रुपमा जगन चापागाईंलाई प्राप्त गरेको प्रतिक्रिया दिनुभयो ।
पाँच दशकअघि चितवन दिव्यनगरमा सामान्य परिवारमा उहाँको जन्म भएको थियो । आठ दाजुभाइ र दुई दिदीबहिनी भएको परिवारमा उहाँ हुर्किनुभएको थियो । अहिले ५२ वर्षमा हिँडिरहनुभएको छ । उहाँले विसं २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरी मानवीय सेवाका यात्रा शुरुआत गर्नुभएको थियो ।
भारतबाट खानी (माइनिङ) इञ्जिनीयरिङमा स्नातक अध्ययन गर्नुभएका उहाँले भुटानी शरणार्थी शिविरबाट महासङ्घको सेवामा उहाँ प्रवेश गर्नुभएको थियो । उहाँले सन् १९९६ जुनमा ताजकिस्तान र सन् २००३ देखि महासङ्घमा दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुखको जिम्मेवारी पाउनुभयो । सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्प, सन् २००४ को श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभावित परेको सुनामी तथा सन् २००५ मा पाकिस्तामा गएको भूकम्पपछि उद्धार तथा राहतमा उहाँले नै नेतृत्व प्रदान गर्नुभएको थियो ।
चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशमाको आँधी पीडितलाई सहयोग पु¥याउन उहाँले नै नेतृत्व प्रदान गर्नुभएको थियो । विस २०७२ वैशाख १२ गतेको भूकम्पपछि उहाँ १४ गते काठमाडौँ आइ अन्तरराष्ट्रिय मानवीय सहयोगको समन्वय गर्नुभएको थियो । महासङ्घको सेक्रेटरी काउन्सिलले उहाँलाई सन् २०१५ जुलाइमा निर्देशकको नियुक्ति दिएको थियो ।
उहाँ पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी बन्नुभएको छ । पछिल्ला विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उहाँका ज्ञानले गरेको छ । “जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई धेरै देशले भोग्दै आएका छन् । यही अप्ठ्यारो, विपद्मा परेकालाई उद्धार गर्ने र अगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको” उहाँले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, माघ १९, २०७६
सम्बन्धित शीर्षकहरु
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ कति ?
सोमवार, माघ ७, २०८१कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई र उपत्यकामा हुस्सु
सोमवार, माघ ७, २०८१अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण गर्दै
सोमवार, माघ ७, २०८१खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१-
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१ -
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१
-
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१ -
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१