

-
सुरुङ्गा । झापामा लागुऔषध प्रयोगकर्ता बढेपछि नेपाल प्रहरीले लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले हरेक वर्ष झापामा लागुऔषध दुव्र्यसनी ११ प्रतिशतले बढ्दै गएको जनाउँदै लागुऔषध दुव्र्यसन रोक्न समुदाय साझेदारी कार्यक्रम शुरु गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
झापामा चालु आर्थिक वर्षको छ महिनामा सात महिलासहित ९५ लागुऔषध कारोवारमा संलग्न पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश व्यक्ति किशोरावस्थाका छन् । प्रहरीको तीन वर्षे तथ्याङ्कअनुसार अर्थिक वर्ष २०७३/०७४ मा १७३, २०७४/०७५ मा १८० र २०७५/०७६ मा २०१ व्यक्ति लागुऔषध कारोवारमा संलग्न भएको अवस्थामा पक्राउ परे । जिल्लाका १३ सुधार केन्द्रमा अहिले ३१६ उपचाररत छन् ।
लागुऔषध प्रयोगकर्ता बढेपछि प्रहरीले १५ स्थानीय तहसँग सहकार्य गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको हो । कार्यक्रम अन्तरगत स्थानीय पालिकाले लागुऔषध दुव्र्यसन रोक्न पहल गर्ने र टोल–टोल तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्नेछन् ।
स्थानीय तहले लागुऔषध दुव्र्यसन रोक्ने प्रतिबद्धता जनाउँदै लागुऔषध तथा मदिराजन्य पदार्थको दुव्र्यसनमा परेका व्यक्ति आफैँमा पीडित रोगी हुने हुँदा उनीहरुलाई सुरक्षित उपचार, मनोविमर्शका लागि आवश्यक व्यवस्था मिलाउँदै लागुऔषध दुव्र्यसनमुक्त जिल्ला बनाउन आफूहरु लागि परेको बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।
प्रहरीको केन्द्रीय सर्वेक्षणअनुसार अपराधको सात प्रतिशत घटना लागुऔषध सेवनका कारण हुने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले भन्नुभयो, “लागुऔषध प्रयोगकर्ताको अवस्था र कारोवारका हिसाबले झापा दोस्रो स्थानमा आउँछ, यसलाई रोक्नु हामी सबैको जिम्मेवारी हो ।”
करिब ७५ प्रतिशत ३० वर्षमुनिका लागुऔषध दुव्र्यसनमा फस्ने गरेको बताउँदै प्रहरी उपरीक्षक कोइरालाले भन्नुभयो, “४८.९ प्रतिशत १५–१९ वर्ष उमेर समूहका र ३२.५ प्रतिशत १५ वर्ष मुनिका वालवालिका लागुऔषध दुव्र्यसनमा फस्ने गरेका छन् ।” लागुऔषध दुव्र्यसनका घटना बढ्दै गएपछि प्रदेश सरकारको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुऔषध दुव्र्यसनीका लागि सुधार केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ ।
समाजसेवी महेन्द्रकुमार गिरीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्दै रु एक करोड ६५ लाखको लागतमा झापामा लागुऔषध पुनःस्थापना केन्द्र सञ्चालन गर्न लागिएको हो । रु एक करोडको लागतमा भौतिक पूर्वाधार निर्माण गर्दै १५० लाई सुधार केन्द्रमा राखेर उपचार गर्ने र रु ५० लाख सुधार केन्द्र सञ्चालन खर्चका लागि छुट्याइएको तथा रु १५ लाख समुदायस्तरमा जागरण तथा सचेतनामूलक कार्यक्रमका लागि बजेटको व्यवस्थापन गरिने प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
सुधार केन्द्रका लागि अहिले जमिनको व्यवस्थापन भइरहेको गिरीको भनाइ छ । चालू आर्थिक वर्षभित्रै झापामा समुदायस्तरबाट सुधारकेन्द्र निर्माण गर्दै कुलतमा फसेकालाई निःशुल्क उपचारको व्यवस्था मिलाउने तयारी भइरहेको गिरीले बताउनुभयो । सुधारकेन्द्र निर्माणका लागि झापाका १५ वटै स्थानी तहका प्रमुख सल्लाहकार समतिमा छन् । रासस
News Desk 0 response शनिबार, माघ १८, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


