-
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रतिवेदन पेश गर्नुभएको हो ।
उक्त निर्वाचनमा २०७६ साल फागुन २० गतेदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यमध्ये १८ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा सात प्रदेशबाट महिला समूहतर्फ सात जना, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्पm दुई र अन्य समूहतर्पm सात जना निर्वाचित हुनुभएको छ ।
प्रतिवेदनमा राष्ट्रियसभा गठनसम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचन दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन कार्यक्रम, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिता, निर्वाचन अनुगमन र अवलोकन तथा मतदान, मतगणना र परिणाम घोषणाका विषय उल्लेख छ । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलगायत निर्वाचनमा संलग्न सबै निकाय, संस्था एवं व्यक्तिलाई धन्यवाद प्रकट गर्नुभयो ।
प्रत्येक दुई वर्षमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनले निर्वाचन सञ्चालनमा परिपक्वता ल्याउने र नियमितरूपले सिक्न अवसर मिलेको जनाउँदै उहाँले निर्वाचनमा मतदाता सहभागिता, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मतदानमा अनुपस्थित मतदाता र बदर मत सम्बन्धमा चासो व्यक्त गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले भविष्यमा हुने निर्वाचनलाई अझै सहभागितामूलक, शान्तिपूर्ण र व्यवस्थित तवरले गर्न निर्वाचन सुधारका क्षेत्रमा थप कार्य गर्नसमेत निर्देशन दिनुभएको आयोगले जानकारी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेश गर्दै निर्वाचन सम्पूर्ण सरोकारवालाको सौहार्दपूर्ण एवं उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण एवं व्यवस्थितरूपमा सम्पन्न भएको जानकारी गराउनुभएको थियो । सो अवसरमा निर्वाचन आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल,आयोगका सचिव देवकुमारी गुरागाईंलगायत सहभागी हुनुहुन्थ्यो । रासस
News Desk 0 response बुधबार, माघ १५, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१