

-
काठमाडौँ । नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्शन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ । सेनाको उक्त दाबीप्रति अहिले नै विश्वस्त हुने अवस्था नरहेको जनाउँदै विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले भने नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए तापनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शङ्का नहटेको प्रतिक्रिया दिएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचरी इमल्शन प्लान्टमा चीनबाट खरिद गरी ल्याएको नयाँ उपकरण जडानपछि सेनाले असरदार विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । करिब ३५ करोडको लागतमा जडान गरिएको नयाँ प्लान्टबाट वार्षिक चार हजार ८०० मेट्रिक टन विस्फोटक पदार्थ सजिलोसँग उत्पादन हुने सैनिक सामग्री उत्पादन निर्देशनालयका सहायकरथी हेगेन्द्रलाल महर्जनले जानकारी दिनुभयो । गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त प्लान्टबाट अहिलेसम्म उच्च गुणस्तरको २०० मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन भइसकेको उहाँले जानकारी दिनुभयो ।
स्वतन्त्र ऊर्जा उत्पादन संस्था इपानका उपाध्यक्ष कुमार पाण्डे भन्नुहुन्छ, “सुरुङ निर्माणका क्षेत्रमा ३०औँ वर्ष काम गरिएको हुँदा विभिन्न खाले विस्फोटक पदार्थ प्रयोग गरिएको अनुभव हामीसँग छ, स्वदेशमै उत्पादन हुन्छ र काम दिन्छ भने प्रयोग गर्न तयार छाैं।” कहाँबाट ल्याएको विस्फोटक पदार्थ कति प्रभावकारी हुन्छ भन्ने पर्याप्त अनुभव हासिल गरेका विकास आयोजना निर्माणकर्ता भन्छन्, “गुणस्तरमा सम्झौता गर्नु भनेको अन्ततः उपभोक्ताले नै खर्च व्यहोर्नु हो, हाम्रो सरोकार गुणस्तर, मूल्य र निरन्तरतासहित सुनिश्चितता होे, त्यो भएन भने हामीले विकल्प रोज्नुपर्ने हुन्छ ।”
मुलुकभित्र विस्फोटक पदार्थको ओसारपोसार, रेखदेख, नियन्त्रण र ढुवानीमा सहयोग पुर्याउँदै आएको नेपाली सेनाले पूर्वाधार विकासका लागि देशलाई आवश्यक पर्ने विस्फोटक पदार्थ एकद्वार प्रणालीमार्पmत होस् भन्ने हेतुले नयाँ इमल्शन प्लान्ट स्थापना गरेको हो । हालसम्म पनि विस्फोटक पदार्थ राख्न, किन्न, एक स्थानबाट अर्को स्थानमा लैजान सरकारका विभिन्न निकाय र सरोकारवाला पक्षले झन्झट र दुःख दिने पूर्वाधार निर्माणकर्ताको गुनासो छ ।
नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थको मूल्य प्रतिकिलो १९८ कायम गरिएको छ भने भारतबाट आयात गरिएको सामग्री रु १३२ मै भन्सार पार हुने आयोजना प्रमुखको भनाइ रहेको छ । “बाहिरबाट ल्याउँदा जति झन्झटिलो छ, मुलुकमा उत्पादन भएपछि त्यो हट्नुपर्छ, यसको निराकरण सेनाले गरिदिनुपर्छ, त्यो भएमा हामीलाई यहाँकै सामान किन्न सजिलो हुन्छ”, उपाध्यक्ष पाण्डे भन्नुहुन्छ । तर ठेकेदारले भने यहाँ उत्पादित विस्फोटक पदार्थले हामीले खोेजेअनुरुपको नतिजा दिन नसकिए विकल्प खोज्नुपर्ने तर्क गर्दै आएका छन् ।
ठेकेदारहरु भन्छन्, “आशा गर्ने ठाँउ धेरै छन्, सुनिश्चित र निर्णयमा पुग्ने बेला भने आइसकेको छैन, हाम्रो आवश्यकता र चाहनाअनुसार माग होस्, शुभकामना छ ।” तनहुँ विद्युत् आयोजनाका ठेकेदार सन्तोष थापा भन्नुहुन्छ, “पछिल्लो समय गुणस्तर राम्रो देखिएको छ, तर मागअनुसार सामग्री उपलब्ध भएको छैन । मेरो आयोजनालाई दैनिक एक टन चाहिन्छ, सेनाले त्यो पाँच टन एक महिनामा पनि उपलब्ध गराउन सकेको छैन ।
मुलुकमा अब निकट भविष्यमै ठूला (बूढीगण्डकी, सुनकेसी मरिण डाइभर्शन, अरुण) जस्ता ठूला आयोजना अघि बढ्ने हुँदा अब क्रमशः मागलाई सेनाले थेग्न भन्ने पाटोबाट प्रश्न उठाइएको छ । सेनाले उक्त प्लान्टका लागि आवश्यक कच्चापदार्थ छिमेकी मुलुक भारत र चीनबाट ल्याउँदै आएको छ । अघिल्लो वर्ष एक हजार टनको हाराहारीमा विस्फोटक पदार्थ आयात गरिएको अनुमान गरिएको छ । ठेकेदार भन्छन्, “सुधारको पाटोमा सेनाले ध्यान देओस् हाम्रो इच्छा/आकाङ्क्षा भनेकै स्वेदशकै प्रयोग गर्न पाऊँ, गुणस्तरीय होस् र सुपथ मूल्यमा मिलोस् आवश्यकताअनुसार निरन्तर पाइयोस् भन्ने नै हो । नेपाली उत्पादन भारतीयभन्दा ५० प्रतिशत महँगो हुँदा मूल्यमा सन्तुलन कायम गर्नुपर्ने देखिन्छ । रासस
News Desk 0 response शनिबार, माघ ११, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


