

-
स्याङ्जा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिकार भएन भन्नुभन्दा पनि प्राप्त अधिकारको सदुुपयोग गर्दै थप अधिकारको लागि लाग्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालको रजत महोत्सवको अवसरमा यहाँ शुक्रबार आयोजित कार्यक्रमा अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने कार्यमा जिम्मेवारी रहेकाले आफ्नो क्षमताको प्रयोग गर्न आग्रह गर्नुभयो ।
सङ्घमा नभई अधिकार स्थानीय तहमा हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले आवश्य ऐन नियम बनाएर परेका अप्ठेरालाई फुकाउँदै जाने पनि बताउनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अहिले प्रतिपक्षले सरकारले केही गरेन भनेर चलाएको हल्ला सही नभएको बताउँदै प्रत्यक्ष जनतासँग जोडिएका घटना र समस्याको सरकारले सम्बोधन गरिरहेको छ भन्नुभयो । मन्त्री अर्यालले जिल्ला समन्वय समितिलाई प्राप्त अधिकारको सहीरुपमा प्रयोग गर्न आग्रह गर्दै गुनासो गर्नुभन्दा पनि थप अधिकारको लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष सीताकुमारी सुन्दासले जिल्ला समन्वय समितिलाई नाम मात्रैको बनाइएको गुनासो गर्नुभयो । सुन्दासले भन्नुभयो “जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वय र अनुगमन गर्ने भनिएको छ, तर स्रोत र साधनविहीन बनाइएको छ यो अवस्थामा कसरी काम गर्न सकिन्छ ।” देशैभरका ७७ वटै जिल्ला समन्वयका प्रमुख एवं उपप्रमुखको उपस्थित रहेको कार्यक्रम आज सकिँदै छ ।
News Desk 0 response शनिबार, माघ ११, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


