

-
कर्मचारीतन्त्रको विकासक्रमलाई बिल्कुल पृथक रुपमा हेर्नु त्यति उचित हुँदैन, वास्तवमा हेर्न सकिँदैन पनि । समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक घटनाक्रमको गतिको सापेक्षतामा नै यसको विकासलाई हेर्नु उपयुक्त हुन्छ । लामो समयसम्मको ऐतिहासिक अभ्यासपछि कर्मचारीतन्त्र अहिलेको व्यवस्थामा विकसित भएको हो । राज्यको उत्पतिसँगै प्राग स्वरुपको कर्मचारीतन्त्र अस्तित्वमा आएको मानिन्छ । लेखनकलाको विकाससँगै अभिलेखीकरण गर्ने प्रचलनको सुरुवात कर्मचारीतन्त्रको विकासको महत्वपुर्ण विन्दु मान्न सकिन्छ । लेखनकलाको विकास नै करिब ३५०० इशापूर्वमा भएको प्रमाणित भैसकेको छ, त्यसकारण कर्मचारीतन्त्रको विकास पनि निकै परसम्म पुग्छ ।
बेलायतका राजनीतिशास्त्री जोन स्टुवार्ट मिलले उन्नाइसौ शताब्दीको मध्यतिर नै कर्मचारीतन्त्रलाई सैद्धान्तीकरण गर्ने प्रयत्न गरेका थिए । मिलले कर्मचारीतन्त्रलाई पृथक किसिमको सरकार जुन प्रतिनिधिमुलक प्रजातन्त्र भन्दा फरक हुन्छ भनेर भनेका छन् । उनको व्याख्या विशुद्ध प्रवेश प्रक्रियाको पद्धतिमाथिको अवालोकनलाई आधार मानेर गरेको देखिन्छ । प्राज्ञिक क्षेत्रमा बढी चर्चा र छलफल हुने सिद्धान्त जर्मन समाजशास्त्री म्याक्स वेवरको हो । कर्मचारीतन्त्र त्यो चाहे सार्वजनिक होस् वा नीजी, त्यसले केही साझा चरित्रहरु बोकेको हुन्छ भनेर उनले भन्छन् । जस्तो पदसोपान, चेन अफ कमाण्ड, स्पष्ट श्रम विभाजन, आदि । मानव गतिविधिलाई व्यवस्थित गर्ने सुझबुझपुर्ण र किफायती बाटोको रुपमा उनले कर्मचारीतन्त्रलाई हेर्छन् तर पनि उनि कर्मचारीतन्त्रका खास समर्थक चाहि होइनन् । उनले कर्मचारीतन्त्रलाई व्यक्तिगत स्वतन्त्रतामाथिको ठुलो सम्भावित खतराको रुपमा लिएका छन् । साथै अन्य व्यक्तिहरु विड्रो विल्सन, लुद्विग भान मिसेस, रोबेर्ट के. मर्टन, आदिले पनि कर्मचारीतन्त्रको सन्दर्भमा विभिन्न दृष्टिकोणहरु दिएका छन् ।
कर्मचारितन्त्रमाथि मार्क्सवादीहरुको पनि आफ्नै दृष्टिकोण छ । मार्क्सले ईतिहासको भौतिकबादी ब्याख्या गर्ने क्रममा नै कर्मचारीतन्त्रको उत्पत्तिको कुरा गरेका छन् । प्राचिन समाजमा जतिबेला राज्यको अस्तित्व थिएन त्यतिबेला कर्मचारीतन्त्र पनि थिएन अर्थात कर्मचारीतन्त्रको उदयको सवाल राज्यको उत्पत्तिसँग जोडिएको छ । जसरी निजी सम्पतिको सुरक्षाको लागि राज्यको उत्पत्ति भयो, त्यसभित्रका विभिन्न व्यवस्थापनजन्य कामको लागि कर्मचारीतन्त्रको आवश्यकता महशुस भयो र त्यो आवश्यकताको परिपूर्ति गर्नेक्रममा यसको विकास भयो । यसको मसिनो अर्थ यो हो कि राज्य निश्चित स्वार्थ भएका केही मानिसहरुको हातमा हुन्छ र कर्मचारीतन्त्रले ती मानिसको स्वार्थका निम्ति काम गर्ने गर्छ ।
आधुनिक पूँजीवादी राज्य र यसलाई संचालन गर्ने बर्जुवा संसदीय प्रजातन्त्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुँजीपतिहरूको हातमा हुन्छ र कर्मचारीतन्त्रले पनि ति पुँजीपतिहरुकै योजना मुताविक काम गर्छ ताकी उनीहरुले राज्यको नियन्त्रण रहने प्राकृतिक स्रोत र साधनमाथि निर्वाध दोहन गर्न पाउन र सर्वहारावर्गमाथि सजिलोसँग दोहन गर्न सकुन् । हामीले विगत डेढ दुई दसकको राजनीतिक परिवर्तनमाथि दृष्टिगोचर गर्ने हो भने पनि कर्मचारीतन्त्रको चारीत्रिक विशेषताको महत्वपुर्ण पाटो थाहा पाउन सकिन्छ । जतिबेला राजाको निरंकुश शासन चलिरहेको थियो त्यतिबेला कर्मचारीतन्त्रको एकमात्र धर्म भनेको दरबारको आदेश हुबहु पालना गर्नु हुन्थ्यो, दरबारभित्र कस्ता मान्छे हुन्थे र कस्ता मान्छेको पहुँचमा दरवार हुन्थ्यो भन्ने कुराको सार्वजनिक सुईको बिनोद चौधरीको आत्मकथामा पनि भेट्टाउन सकिन्छ । त्यसपछि पुनःस्थापित संसदीय लोकतन्त्रको अभ्यासले पनि प्रत्यक्ष र परोक्ष रुपमा सम्पूर्ण शासन प्रणालीमा पुँजीपतिहरुको प्रभाव स्पष्ट रुपमा देखायो । तसर्थ हामीले के भन्न सक्छौं भने पुँजीवादी राज्यसत्ताभित्र कर्मचारीतन्त्रले पनि पुँजीपतिहरुकै स्वार्थ समुहको सदस्य भएर काम गर्ने हो ।
मार्क्सले तत्कालिन राज्यसम्बन्धी ब्याख्याहरुमा कर्मचारितन्त्रलाई केन्द्रमा राखेको पाइँदैन, भलै यो त्यतिबेलाका उदार भनिएका र निरंकुश शासन चलाउने दुवै प्रकारका राज्यहरुमा फरकफरक स्वरुपमा यसको अस्तित्व थियो । लुई बोनापार्टको अठारौं ब्रुमेयर फ्रान्सको तत्कालिन राजनीतिक उथलपुथलको विश्लेषण गरेका छन् । बोनापार्टको पहिलो विद्रोहको बेला कर्मचारीतन्त्र बुर्जुवा वर्गको शासनको तयारीको साधन मात्र थियो भने लुई फिलिपको संसदीय गणतन्त्र अन्तर्गत यो शासक वर्गको हतियारको रुपमा विकसित भैसकेको थियो । मार्क्सले कर्मचारीतन्त्रलाई “भयानक परजीवी” संरचनाका रुपमा चित्रण गरेका छन् । यो वाक्यांशले कर्मचारीतन्त्रको सार्वभौम अस्तित्वलाई अस्वीकार गर्छ । यो यस्तो किसिमको परजीवी हो जसले जनताबाटै आफ्नो भरणपोषण गर्छ र जनतालाई निचोर्ने र सोस्ने काम गर्छ । यो संरचना चाहेर पनि रचनात्मक बन्नै सक्दैन किनकि निर्णय प्रक्रियामा उसले आफ्नो विवेकलाई भूमिका दिन सक्ने स्थान अत्यन्तै न्युन हुन्छ । तसर्थ पुँजीवादी राज्यसत्ता अन्तर्गत कर्मचारीतन्त्रको काम भनेको बुर्जुवा वर्गको वर्गीय हितको रक्षा गर्ने र त्यो वर्गको शासनको प्रत्याभूत गर्ने हो ।
लेनिनले बोल्सेविक पार्टीलाई कर्मचारीतन्त्रको विकृति विरुद्धको रक्षकको रुपमा लिएका थिए । तैपनि कर्मचारीतन्त्रको खराबिबाट उन्मुक्ति पाउनका निम्ति दसकौं लाग्ने उनको अनुमान थियो । राज्य र क्रान्ति पुस्तकमा लेनिनले कर्मचारीतन्त्रको विषयमा अलिक विस्तृत व्याख्या गरेका छन् । माक्र्सले जस्तै लेनिनले पनि कर्मचारितन्त्रलाई बुर्जुवा वर्गले सर्वहारा वर्गमाथि शोषण गर्नलाई प्रयोग गर्ने एउटा मेसिनको रुपमा लिएका छन् । सेना र कर्मचारीतन्त्रको साँठगाँठलाई ध्वंश गर्नु प्रत्येक क्रान्तिकारीको उद्देश्य हुनुपर्नेमा उनको जोड थियो ताकि यिनीहरुले श्रमिक वर्गलाई शोषण गर्ने कुनै स्थान नपाउन् । बोल्सेभिक क्रान्ति पश्चात् सोभियत संघको कर्मचारितन्त्रको विषयमा त्रत्सकीले विश्लेषण गरेका छन् । उनले पुँजीवादी राज्यसत्ताको अन्त्यपछिको समाजवादी संक्रमणमा पनि कर्मचारितन्त्र समस्याको रुपमा रहने बताएका छन् र तत्कालिन सोभियतमा कर्मचारीतन्त्रको अत्याधिक केन्द्रीकरण र अधिनायकवादी चरित्र रहेको तर्फ उनले इंगित गरेका छन् ।
दोस्रो विश्वयुद्ध पछिको आधुनिक समयमा कर्मचारीतन्त्रले निरपेक्ष र तटस्थ भूमिका खेल्ने गरी यसको संरचनामा केही परिवर्तन आएको छ भनि केही विश्लेषकहरुले माक्र्सवादी विचारधाराको आलोचना गरेका छन् र त्यसै अनुरुप वर्तमान विश्वका विभिन्न सार्वजनिक बहसमा कर्मचारीतन्त्रको वर्गिय पक्षधरता भन्दा पनि कर्मचारीतन्त्रलाई स्वायत्त र तटस्थ अंगको रुपमा चित्रित गरि विषयको उठान गरिन्छ । यो तर्कलाई अस्विकार गर्दै पछिल्लो समयका माक्र्सवादी चिन्तक राल्फ मिलिब्याडले भन्छन्, “पुँजीवादी देशहरुमा कर्मचारीहरुको तटस्थता भनेको केबल मिथ मात्र हो ।” उनका अनुसार दोस्रो विश्वयुद्ध पछी उच्च पदमा बस्ने कर्मचारीहरु र कर्पोरेट पुँजीवादका बिचमा एउटा निकै कसिलो सम्बन्ध स्थापित भएको छ र कर्मचारीतन्त्रले कर्पाेरेट पुँजीवादका उद्देश्यहरु पुरा गर्न सहयोग गर्छ ।
कर्मचारीतन्त्रको सवालमा माक्र्स, एन्गेल्सदेखि पछिल्लो समयका वामपन्थी चिन्तकहरुले यसको वर्गीय पक्षधरतामाथि समान रुपमा प्रश्नचिन्ह खडा गरेका छन् । कर्मचारीतन्त्र भनेको कुनै सार्वभौम, स्वतन्त्र संयन्त्र नभई सत्ताकै उप ब्यवस्था हो र कर्मचारीतन्त्रको तथाकथित तटस्थता एउटा आधुनिक मिथक मात्र हो । यसबाट हामीले के बुझ्नु पर्छ भने कर्मचारितन्त्रप्रति अधिक आशा निरर्थक छ र केहि उच्च पदस्थ कर्मचारीको आम प्रसंशाले सम्पूर्ण कर्मचारीतन्त्रको आफ्नो मूल चरित्र अर्थात पुँजीपति वर्गको हित रक्षा गर्ने कामबाट यसलाई विचलित बनाउन सक्दैन ।
News Desk 0 response सोमवार, पुस २१, २०७६


सम्बन्धित शीर्षकहरु
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१