

उपसचिवको कमाई ८० लाख, ५ करोड खर्च
ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९।०४।१९ देखि २०७५।०३।३२ सम्म आर्जन गरेको वैध आय रु ७९,५४,७९५।०८ को तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी रु ५,४८,०३,३५१।५३ अस्वाभाविक देखिएको र निजले गरेको खर्च तथा लगानी मध्ये रु ४,६८,४८,५५६।४५ को स्रोत खुल्न नआएको आयोगले जनाएको छ ।
-
काठमाडौं । अर्थ मन्त्रालयका उप सचिव राजेन्द्र ढुङ्गानाले जागीर बाट ८० लाख आम्दानी गरेको देखिएको छ । तर, उनले ५ करोड भन्दा धेरै खर्च र लगानी गरेको देखिएको छ । उनले २६ बर्षको जागीरे अवधीमा ४ करोड ६८ लाख स्रोत नखुलेको सम्पत्ति जोडेका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९।०४।१९ देखि २०७५।०३।३२ सम्म आर्जन गरेको वैध आय रु ७९,५४,७९५।०८ को तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी रु ५,४८,०३,३५१।५३ अस्वाभाविक देखिएको र निजले गरेको खर्च तथा लगानी मध्ये रु ४,६८,४८,५५६।४५ को स्रोत खुल्न नआएको आयोगले जनाएको छ ।सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको एवं निज राजेन्द्र ढुङ्गानाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुँदा निजलाई बिगो रु।४,६८,४८,५५६।४५ ९चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र० कायम गरी मुद्दा दायर गरिएको छ । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा २०, प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २० बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ को उपदफा ९१० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रु ४,६८,४८,५५६।४५ चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र जफत गरी पाउन मागदाबी लिइएको छ ।
ढुङ्गानाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु आफू लगायत श्रीमती मधु कोइराला (ढुङ्गाना) को नाममासमेत खरिद गरी राखेको देखिएकोले मधु कोइराला (ढुङ्गाना) को नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम श्रीमती मधु कोइराला (ढुङ्गाना) समेतलाई प्रतिवादी बनाई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
News Desk 0 response शुक्रबार, पुस १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०