

उपसचिवको कमाई ८० लाख, ५ करोड खर्च
ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९।०४।१९ देखि २०७५।०३।३२ सम्म आर्जन गरेको वैध आय रु ७९,५४,७९५।०८ को तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी रु ५,४८,०३,३५१।५३ अस्वाभाविक देखिएको र निजले गरेको खर्च तथा लगानी मध्ये रु ४,६८,४८,५५६।४५ को स्रोत खुल्न नआएको आयोगले जनाएको छ ।
-
काठमाडौं । अर्थ मन्त्रालयका उप सचिव राजेन्द्र ढुङ्गानाले जागीर बाट ८० लाख आम्दानी गरेको देखिएको छ । तर, उनले ५ करोड भन्दा धेरै खर्च र लगानी गरेको देखिएको छ । उनले २६ बर्षको जागीरे अवधीमा ४ करोड ६८ लाख स्रोत नखुलेको सम्पत्ति जोडेका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९।०४।१९ देखि २०७५।०३।३२ सम्म आर्जन गरेको वैध आय रु ७९,५४,७९५।०८ को तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी रु ५,४८,०३,३५१।५३ अस्वाभाविक देखिएको र निजले गरेको खर्च तथा लगानी मध्ये रु ४,६८,४८,५५६।४५ को स्रोत खुल्न नआएको आयोगले जनाएको छ ।सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको एवं निज राजेन्द्र ढुङ्गानाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुँदा निजलाई बिगो रु।४,६८,४८,५५६।४५ ९चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र० कायम गरी मुद्दा दायर गरिएको छ । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा २०, प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २० बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ को उपदफा ९१० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रु ४,६८,४८,५५६।४५ चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र जफत गरी पाउन मागदाबी लिइएको छ ।
ढुङ्गानाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु आफू लगायत श्रीमती मधु कोइराला (ढुङ्गाना) को नाममासमेत खरिद गरी राखेको देखिएकोले मधु कोइराला (ढुङ्गाना) को नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम श्रीमती मधु कोइराला (ढुङ्गाना) समेतलाई प्रतिवादी बनाई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
News Desk 0 response शुक्रबार, पुस १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



