

-
सोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो राजनीतिक दलका उच्चस्तरीय नेताहरुसँग छलफल गर्नुभएको समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमति बमोजिम वार्ता स्थगित गरिएको अवस्थामा उहाँले राजनीतिक दलका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको पनि समाचारमा जनाइएको छ ।
यो वार्तामा के कस्ता विषयमा छलफल भएको छ भन्ने बारेमा व्यापक मात्रामा चासो बढेको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उक्त बैठक शनिबारबाट शुरु भएको र आइतबार पनि जारी रहेको बताइएको छ । यस बैठकमा कतिपयले अमेरिकासँग गर्ने भनिएको यस अघिको उच्चस्तरीय आणविक वार्ताको बारेमा कुराकानी भएको अनुमान गरेका छन् ।
तर कतिपयले भने उक्त बैठकमा यस विषयमा नभएर अर्काे आणविक परीक्षणको तयारीको बारेमा छलफल भएको पनि अनुमान गरेका छन् । उत्तर कोरियाले केही दिन अघि आणविक परीक्षण गरेको थियो ।
त्यस समयमा उत्तर कोरियाले अमेरिकाले आगामी क्रिसमसमा कस्तो उपहार खोजेको हो भनी प्रश्न गर्दै यदि उसले खोजेको उपहार यस्तै प्रकारको आणविक परीक्षण पनि हुनसक्ने भनी धम्की दिएको थियो ।
त्यसैले यो शनिबारबाट शुरु भएको उक्त बैठकमा उत्तर कोरियाली सरकारले आणविक परीक्षण गर्नसक्ने र सो विषयमा कुराकानी भएको हुनसक्ने अनुमान धेरैले गरेका समाचारमा जनाइएको छ । उत्तर कोरियाली सरकारी समाचार समिति के सि एनएले भने उत्तर कोरियाको सत्तारुढ वर्कस् पार्टीले प्रतिरक्षाको विषय तथा देश निर्माणका अरु विभिन्न महत्वपूर्ण विषयवस्तुहरुमा कुराकानी गर्ने जानकारी दिएको छ ।
यो वर्षको शुरुवातमै कम्बोडियाको राजधानी हनोइमा भएको उच्चस्तरीय वार्तापछि अमेरिकासँगको यस्तो वार्ता भएको छैन । त्यस वार्तामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता भएको थियो ।
त्यस वार्तामा उत्तर कोरियाले आणविक परीक्षण नगर्ने तथा निशस्त्रीकरणका विषयमा सहमति भएको बताइएको थियो । तर उत्तर कोरियाले सो सहमति पालना नगरेको बताइएको छ । तर उत्तर कोरियाले भने अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दी जारी राखेको भन्दै वार्तामा अघि सारिएका शर्तहरुको पालना अमेरिकी पक्षबाट नभएको बताउने गरेको छ । रासस/एएफपी
News Desk 0 response आइतवार, पुस १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९