

-
वेलिङटन । फिजीमा आइतबार आएको भीषण आँधीको कारण दुई जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यस आँधीको कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ ।
यस आँधीमा परेकाहरुलाई आपतकालिन आश्रयस्थलको आवश्यकता परेको अधिकारीहरुले जनाएका छन् । यस आँधीबाट घरहरु भत्किनुका साथै वालीनाली र रुखहरु ढलेका छन् । त्यसैगरी विद्युत सेवा अवरुद्ध भएको छ, भने दर्जनौ उडान रद्ध भएका छन् ।
पर्यटकीय मौसमको बेला यस्तो घटना भएकाले धेरै पर्यटकहरु मर्कामा परेको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिती साकोले १८ वर्षीय एक जना विद्यार्थीको काडाभुमा मृत्यु भएको बताउनु भयो ।
‘भीषण आँधीको कारण ती व्यक्तिको मृत्यु भएको बताइएको छ, मृत्यु भएका व्यक्ति चक्रवात आएको बेलामा साथीहरुसँग पौडी खेल्दै थिए,” उहाँले भन्नुभयो ।
अर्का झण्डै ४० वर्षका व्यक्तिको पनि शव भेटिएको उहाँले जानकारी दिनुभयो । भिटीलेभु भन्ने ठाउँमा नदी तर्न लागेको बेलामा ती व्यक्तिको चक्रवातमा परी मृत्यु भएको अनुमान गरिएको निर्देशक भासितीको भनाई छ ।आँधी परी सिकिस्त घाइते भएका अर्का एक व्यक्तिको पनि अस्पतालमा उपचार भइरहेको छ । ती व्यक्ति भने आँधीका कारण ढलेको रुखले च्यापेर घाइते भएको बताइएको छ । आँधीका कारण अवरुद्ध भएको विद्युत सेवा सुचारु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । सारै नाम चक्रवात प्रतिघण्टा १५० प्रतिकिलोमिटरको गतिमा आएको थियो । रासस/एएफपी
News Desk 0 response आइतवार, पुस १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९ -
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९
-
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९ -
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९