

-
वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार आएको थियो । उनको आइतबार मृत्यु भएको बताइएको थियो ।
ती सैनिकको कर्तव्य निर्वाहका क्रममा आइतबार निधन भएको पेन्टागनले सोमबार पुष्टि गरेको वासिङ्टन डिसीबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सोमबार अफगानिस्तानको एक समाचार संस्था ‘टोलो न्युज’ले अफगानिस्तानमा अमेरिकी सेना मारिएको समाचार सम्प्रेषण गरेको थियो ।
पेन्टागनद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार आइतबार अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा जारी कारबाहीका क्रममा ती सैनिक घाइते भएका र पछि उपचारको क्रममा सोमबार उनको ज्यान गएको बताइएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नीतिमा कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका कुनै पनि देशका सदस्यहरुको नाम २४ घण्टासम्म सार्वजनिक नगरिने भएकाले मारिने ती अमेरिकी सेनाको नाम पनि सार्वजनिक गरिएको छैन ।
कुन्दुजमा अमेरिकी सैनिकको के कसरी मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको पनि पेन्टागनले जनाएको छ । उता तालिबानका प्रवक्ताले भने आफूहरुको कारबाहीका क्रममा अमेरिकी सैनिक मारिएको बताएका छन् ।
तीन हप्ता मात्र पहिले अफगानिस्तानको लोगार प्रान्तमा दुई अमेरिकी सैनिकको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस वर्ष अफगानिस्तानमा कर्तव्य निर्वाहका क्रममा मृत्यु भएका अमेरिकी सैनिकहरूको सङ्ख्या २० पुगेको छ । अफगानिस्तानमा अहिले करिब १४ हजार अमेरिकी सैनिक छन् ।
नेटो सैन्यअन्तर्गत हाल अफगानिस्तामा रहेका सेनाले अफगान सेना तथा यहाँको समग्र सुरक्षा बललाई तालिम दिने, सल्लाह दिने र सहयोग गर्ने काम गर्छ । सन् २००१ मा अफगानिस्तानबाट तालिबानहरुको शासन हटाएपछि अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको नेतृत्व गर्दै आएको छ । अमेरिकाले यहाँ आतंकवाद विरोधी अभियान सञ्चालन गर्दै आएको छ । रासस/सिन्ह्वा
News Desk 0 response मङ्लबार, पुस ८, २०७६

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


