
-
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् । आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो ।
दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेका सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उहाँले बताउनु भयो ।
घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ । ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन् । अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।
रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कुमारले जानकारी दिनुभयो । तर यथार्थ पत्ता लगाउन अनुसन्धान प्रक्रिया अगाडी बढाईसकिएको उहाँले बताउनुभयो ।
भारतको केन्द्रीय राजधानी सहर नयाँदिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो । यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो । सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।
मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेका थिए । नयाँ दिल्लीको फिल्मिस्तान क्षेत्रमा रहेको घरमा आगलागी भएको थियो । घटनामा पिडितहरुलाई केन्द्रिय तथा राज्य सरकारले राहतको घोषणा गरेका थिए भने, अनुसन्धानका लागि टोली पनि परिचालन गरेका थिए । रासस/सिन्ह्वा
News Desk 0 response सोमवार, पुस ७, २०७६


सम्बन्धित शीर्षकहरु
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९