

-
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताउनुभएको छ ।
सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताउनुभएको हो । उहाँले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भन्नुभएको छ । साथै उहाँले यस कार्यलाई विपक्षीहरुले गरेको एउटा अनुचित काम भएको पनि भन्नुभएको समाचारमा जनाइएको छ ।
तल्लो सदन प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीले नेतृत्व गरेको छ । तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको बताउनुभयो ।
उहाँले अहिले यसरी राष्ट्रपतिका विरुद्धमा आक्रोस पोख्दा यस्ता कार्यले भविष्यका लागि पनि राम्रो नगर्ने बताउनुभयो । तर डेमाक्र्याटका नेताहरुले भने राष्ट्रपतिका विरुद्धको यस महाभियोगको कदमको बचाउ गरिरहेका छन् ।
उता रिपब्लिकनका अरु पनि केही नेताहरुले अमेरिकका प्रजातान्त्रिक संस्थाहरूमा नै यस कदमले आगामी दिनमा क्षति पु¥याउन सक्ने जानकारी पनि गराएका प्राप्त समाचारमा जनाइएको छ ।
तर यो महाअभियोग सफल नहुने राष्ट्रपति ट्रम्पले बताउदै आउनुभएको छ । उहाँको यो अभियोग अब त्यसबारेको सुनुवाइको सामनाका लागि माथिल्लो सदनमा जानेछ ।
सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेको छ । यस कारण पनि राष्ट्रपति ट्रम्पलाई शक्तिबाट हटाइन सक्ने कुनै पनि सम्भावना देखिँदैन ।
तर अमेरिकाको इतिहासमा सिनेटमा यस्तो अभियोगको सुनुवाइको सामना गर्नेमा राष्ट्रपति ट्रम्प तेस्रो राष्ट्रपति बन्नुभएको छ । उहाँले यस प्रक्रियालाई आफ्ना विरुद्धमा गरिएको एक किसिमको ठूलो छलकपट हो भन्नुभएको छ । रासस/एएफपी
News Desk 0 response आइतवार, पुस ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



