

-
सोल । उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले भने सकारात्मक रुपमा लिएको समाचारमा जनाइएको छ । सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिनुभएको हो ।
सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरुको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो क्रममा उत्तर कोरियाली आणविक दूत लि डु हुन पनि हुनुहुन्थ्यो । उहाँ दक्षिण कोरियाको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार मात्र सोल आइपुग्नुभएको हो ।
सो पत्रकार सम्मेलनमा उहाँले उत्तर कोरियाली दूतसामु भन्नुभयो– यो वार्ताको समय हो, अब हामी यसका लागि अघि बढ्नुपर्छ । मलाई लाग्छ यस विषयमा उत्तर कोरिया पनि तयार हुनुपर्छ र हाम्रो कामका लागि अब हामी अघि बढ्नुपर्छ ।
उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको समाचार दुई दिनमात्र अघि सरकारी समाचार संस्था (केसीएनए)मार्फत शनिबार सार्वजनिक गरेको जनाएको थियो । उत्तर कोरियाको यो जानकारी पछि लगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको छ । यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा जनाइएको छ ।
विशेषदूत बेइगनले भन्नुभएको छ– अमेरिकाले शान्तिवार्ताका लागि कुनै समय पर्खिनुपर्दैन र वार्ताको विशेष दिन पर्खिनुपर्दैन । उहाँले भन्नुभयो– हामीले तर नेताहरुले सिंगापुरमा गरेका प्रतिबद्धताहरुलाई पूरा गर्ने हो, त्यसका लागि हामी वार्ता गर्न सधैँ प्रतिबद्ध नै छौँ ।
उत्तर कोरियाले एक हप्ताभन्दा कम समयमा दुई ओटा नै यस्ता आणविक परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाको सोहाएबाट नै यी परीक्षणहरु गरेको समाचारमा जनाइएको छ । अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परीक्षण उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक दुई दिन पहिले भएको हो ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत अक्टोबर महिनामा स्टकहोममा पनि उच्चस्तरीय वार्ता भएको थियो । त्यो वार्तामा खासै कुनै नयाँ एजेण्डामा सहमति नभएको भए पनि वार्ता भने सकारात्मक भएको बताइएको थियो ।
उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले उत्तर कोरियाले उसको यसअघि पनि आणविक परीक्षणहरु गर्ने गरेको स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको जनाएको थियो ।
यस वार्ताको प्रस्तावको विषयमा उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले उत्तर कोरियाले सिंगापुरमा व्यक्त गरेको निशस्त्रीकरणको प्रतिबद्धता नै पूरा गर्न नसकेको जनाएको छ ।
तर पनि अमेरिकी यस भनाई सत्य नरहेको उत्तर कोरियाले बताउँदै आएको थियो । उसले भने सिंगापुरमा भएको प्रतिबद्धता बमोजिम आफूले काम गरेको बरु अमेरिकाले भने त्यस बमोजिम काम नगरेको बताउने गरेको छ ।
तर शनिबार भएको यस पछिल्लो आणविक परीक्षणपछि भने अब उत्तर कोरिया निशस्त्रीकरणको पक्षमा नै नरहेको कुरा प्रष्ट भएको अमेरिकी भनाई रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रासस/सिन्ह्वा
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६


सम्बन्धित शीर्षकहरु

देश कहिल्यै अमेरिकाको भाग नबन्ने क्यानडाका नवनियुक्त प्रधानमन्त्री कार्नीको बाचा
शनिबार, चैत्र १, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१