

-
त्रिपोली । केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ । ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए । उनीहरुलाई केही दिनदेखि लिबियाको आप्रवासन केन्द्रमा राखिएको थियो ।
यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरमा प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो । सोही शहरमा रहेको आप्रवासन केन्द्रमा केही दिन राखेपछि उनीहरुलाई सोही स्थानबाट फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।
उक्त आप्रवासन केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार स्वदेश फर्काइएका ती नागरिक अफ्रिकी मुलुकहरु चाड र सुडानका रहेका छन् । उनीहरु सो बाटो भएर युरोप प्रवेश गर्ने तयारीमा रहेको बताएका थिए ।
अफ्रिकी मुलुक चाड र सुडान सरकारसँगको परामर्श र सहकार्यपछि उनीहरुलाई आफ्नै देश फिर्ता गरिएको उल्लेख छ । युरोप प्रवेश गर्नका लागि अधिकांश अफ्रिकी मूलका नागरिकले लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् ।
पछिल्ला केही वर्षयतादेखि लिबियामा असुरक्षा बढ्दो मात्रा छाएको छ । यहाँको राजनीतिक अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । उनीहरु त्यसबाट बच्न पनि लिबिया भएर युरोपमा शरण माग्ने गरेका छन् ।सन् २०११ मा तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन पतन भएको थियो । उनको शासनको अन्त्यसँगै लिबियामा त्यस पछिका वर्षहरुमा झनै असुरक्षा बढ्दै गएको पनि बताइएको छ । हाल लिबियामा कम्तीमा पनि ६ लाख अवैध आप्रवासी बसी आएका छन् । उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार यति ठूलो संख्याका नागरिकलाई ठूलो मात्रामा सहायताको खाँचो रहेको भए पनि त्यसो हुन नसकेको बताइएको छ ।
सुरक्षाकर्मीले पक्राउ गरेका यहाँका हजारौं आप्रवासीलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । सो सङ्गठनले जनाएअनुसार असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु नै बन्द गर्न आग्रह गरेका छन् ।
तर पनि लिबिया सरकारले भने यी शिविर बन्द गर्न अस्वीकार गर्दै आएको छ । ती शिविरमा प्रत्येक महिनाजसो समुद्रबाट उद्धार गरिएका वा असुरक्षाबाट भाग्न खोजेका लिबियाली र अरु देशका शरणार्थीहरुलाई समेत राख्ने गरिएको छ । रासस/सिन्ह्वा
News Desk 0 response शनिबार, मंसिर २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२