

-
त्रिपोली । केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ । ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए । उनीहरुलाई केही दिनदेखि लिबियाको आप्रवासन केन्द्रमा राखिएको थियो ।
यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरमा प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो । सोही शहरमा रहेको आप्रवासन केन्द्रमा केही दिन राखेपछि उनीहरुलाई सोही स्थानबाट फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।
उक्त आप्रवासन केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार स्वदेश फर्काइएका ती नागरिक अफ्रिकी मुलुकहरु चाड र सुडानका रहेका छन् । उनीहरु सो बाटो भएर युरोप प्रवेश गर्ने तयारीमा रहेको बताएका थिए ।
अफ्रिकी मुलुक चाड र सुडान सरकारसँगको परामर्श र सहकार्यपछि उनीहरुलाई आफ्नै देश फिर्ता गरिएको उल्लेख छ । युरोप प्रवेश गर्नका लागि अधिकांश अफ्रिकी मूलका नागरिकले लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् ।
पछिल्ला केही वर्षयतादेखि लिबियामा असुरक्षा बढ्दो मात्रा छाएको छ । यहाँको राजनीतिक अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । उनीहरु त्यसबाट बच्न पनि लिबिया भएर युरोपमा शरण माग्ने गरेका छन् ।सन् २०११ मा तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन पतन भएको थियो । उनको शासनको अन्त्यसँगै लिबियामा त्यस पछिका वर्षहरुमा झनै असुरक्षा बढ्दै गएको पनि बताइएको छ । हाल लिबियामा कम्तीमा पनि ६ लाख अवैध आप्रवासी बसी आएका छन् । उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार यति ठूलो संख्याका नागरिकलाई ठूलो मात्रामा सहायताको खाँचो रहेको भए पनि त्यसो हुन नसकेको बताइएको छ ।
सुरक्षाकर्मीले पक्राउ गरेका यहाँका हजारौं आप्रवासीलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । सो सङ्गठनले जनाएअनुसार असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु नै बन्द गर्न आग्रह गरेका छन् ।
तर पनि लिबिया सरकारले भने यी शिविर बन्द गर्न अस्वीकार गर्दै आएको छ । ती शिविरमा प्रत्येक महिनाजसो समुद्रबाट उद्धार गरिएका वा असुरक्षाबाट भाग्न खोजेका लिबियाली र अरु देशका शरणार्थीहरुलाई समेत राख्ने गरिएको छ । रासस/सिन्ह्वा
News Desk 0 response शनिबार, मंसिर २८, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



