

सचिवको कुर्सी राज्यमन्त्रीको कब्जामा
उहाँलाई किन नराम्रो कोठामा पठाउने’ भन्दै आन्तरिक व्यवस्थापनका कर्मचारी दुगडलाई सुझाव दिन खोज्दै थिए, उनी बम्किहाले, ‘अरे, मलाई नसिकाउनुस् यार, सब–कुछ थाहा छ ’ यसपछि सचिव अर्याल राज्यमन्त्रीको कोठामा सरेका छन्, राज्यमन्त्री उनीकहाँ ।
-
‘तपाईंहरूलाई अलिकति शर्म लाग्दैन ? म पियन हो कि मन्त्री ?’ भन्दै राज्यमन्त्रीले थर्काएपछि कर्मचारीको भागाभाग चलेको छ । यसो भन्दै राज्यमन्त्रीले सचिवलाई कार्यकक्षबाट निकालेरै छाडे । र, आफू त्यहाँ पुगे ।
News Desk 0 response शनिबार, मंसिर २८, २०७६
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड हुन्, यसरी कर्मचारी थर्काउँदै मन्त्रालय चलाउने । उनका मन्त्री छन्, लेखराज भट्ट । तर, उनको बोली–व्यवहार यस्तो छ कि, मानौँ, फुल मन्त्री नै हुन् । आफ्नो कार्यकक्ष साँघुरो भएको, भेट्न आउने साथीभाइ नाक थुनेर बस्ने गरेकोजस्ता गुनासो गर्दै वाणिज्य सचिव वैकुण्ठ अर्यालको कार्यकक्ष खाली गर्न निर्देशन दिए । ‘सचिव पनि त यो मन्त्रालयको कर्मचारीमध्ये सबभन्दा ठूलो हाकिम हो । उहाँलाई किन नराम्रो कोठामा पठाउने’ भन्दै आन्तरिक व्यवस्थापनका कर्मचारी दुगडलाई सुझाव दिन खोज्दै थिए, उनी बम्किहाले, ‘अरे, मलाई नसिकाउनुस् यार, सब–कुछ थाहा छ ’ यसपछि सचिव अर्याल राज्यमन्त्रीको कोठामा सरेका छन्, राज्यमन्त्री उनीकहाँ ।
कोठा मात्रै फेरेर उनलाई पुगेन । भित्ताको रंग भएन । भित्तामा टाँस्नका लागि बजारमा किन्न पाइने स्टिकर हालिदिनुपर्ने उनको माग छ । कार्पेट फोहोर र भद्दा भयो । त्यो तुरुन्तै फेरिदिनुपर्ने भनेका छन् । कार्यकक्षमा २४ इञ्चको एलइडी मनिटर (टेलिभिजन सेट) छ । त्यसले पुगेन, ५५ इञ्चको चाइने भयो । राज्यमन्त्रीका माग सुनेपछि आन्तरिक व्यवस्थापन हेर्ने सहसचिव रामचन्द्र ढकालको पड्किने पालो आयो । भने, ‘कि मलाई सरुवा गरिदिनुस्, म त तपाईंका माग पूरा गर्न सक्दिनँ ’ यसपछि दुगड चुपचाप छन् । राज्यमन्त्रीको अत्याचार सहन नसकेर कर्मचारीहरू मन्त्री लेखराज भट्टकहाँ पुगेर गुनासो गरेका छन् । भट्टले ‘प्रधानमन्त्रीले बनाएको मान्छे, म के भनौँ, बरु उतै (प्रमकहाँ) कुरा गर्नुस् न’ भन्दै आफू पन्छिए ।
उनको सेञ्चुरी मसला उद्योगको टेण्डरसम्बन्धी मुद्दा उहिले पनि उद्योग विभागमा चलिरहेको छ । मुद्दा लागेको मान्छे नै राज्यमन्त्री भएर आउने, त्यसमाथि हप्कीदप्की पनि गर्ने भएपछि कर्मचारी तनावमा हुने नै भए । न मुद्दा हेर्न पाइने भयो, बरु उल्टै मुद्दावाल मन्त्रीको गाली सुन्नुपर्ने स्थिति छ ।

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


