सचिवको कुर्सी राज्यमन्त्रीको कब्जामा
उहाँलाई किन नराम्रो कोठामा पठाउने’ भन्दै आन्तरिक व्यवस्थापनका कर्मचारी दुगडलाई सुझाव दिन खोज्दै थिए, उनी बम्किहाले, ‘अरे, मलाई नसिकाउनुस् यार, सब–कुछ थाहा छ ’ यसपछि सचिव अर्याल राज्यमन्त्रीको कोठामा सरेका छन्, राज्यमन्त्री उनीकहाँ ।
-
‘तपाईंहरूलाई अलिकति शर्म लाग्दैन ? म पियन हो कि मन्त्री ?’ भन्दै राज्यमन्त्रीले थर्काएपछि कर्मचारीको भागाभाग चलेको छ । यसो भन्दै राज्यमन्त्रीले सचिवलाई कार्यकक्षबाट निकालेरै छाडे । र, आफू त्यहाँ पुगे ।
News Desk 0 response शनिबार, मंसिर २८, २०७६
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड हुन्, यसरी कर्मचारी थर्काउँदै मन्त्रालय चलाउने । उनका मन्त्री छन्, लेखराज भट्ट । तर, उनको बोली–व्यवहार यस्तो छ कि, मानौँ, फुल मन्त्री नै हुन् । आफ्नो कार्यकक्ष साँघुरो भएको, भेट्न आउने साथीभाइ नाक थुनेर बस्ने गरेकोजस्ता गुनासो गर्दै वाणिज्य सचिव वैकुण्ठ अर्यालको कार्यकक्ष खाली गर्न निर्देशन दिए । ‘सचिव पनि त यो मन्त्रालयको कर्मचारीमध्ये सबभन्दा ठूलो हाकिम हो । उहाँलाई किन नराम्रो कोठामा पठाउने’ भन्दै आन्तरिक व्यवस्थापनका कर्मचारी दुगडलाई सुझाव दिन खोज्दै थिए, उनी बम्किहाले, ‘अरे, मलाई नसिकाउनुस् यार, सब–कुछ थाहा छ ’ यसपछि सचिव अर्याल राज्यमन्त्रीको कोठामा सरेका छन्, राज्यमन्त्री उनीकहाँ ।
कोठा मात्रै फेरेर उनलाई पुगेन । भित्ताको रंग भएन । भित्तामा टाँस्नका लागि बजारमा किन्न पाइने स्टिकर हालिदिनुपर्ने उनको माग छ । कार्पेट फोहोर र भद्दा भयो । त्यो तुरुन्तै फेरिदिनुपर्ने भनेका छन् । कार्यकक्षमा २४ इञ्चको एलइडी मनिटर (टेलिभिजन सेट) छ । त्यसले पुगेन, ५५ इञ्चको चाइने भयो । राज्यमन्त्रीका माग सुनेपछि आन्तरिक व्यवस्थापन हेर्ने सहसचिव रामचन्द्र ढकालको पड्किने पालो आयो । भने, ‘कि मलाई सरुवा गरिदिनुस्, म त तपाईंका माग पूरा गर्न सक्दिनँ ’ यसपछि दुगड चुपचाप छन् । राज्यमन्त्रीको अत्याचार सहन नसकेर कर्मचारीहरू मन्त्री लेखराज भट्टकहाँ पुगेर गुनासो गरेका छन् । भट्टले ‘प्रधानमन्त्रीले बनाएको मान्छे, म के भनौँ, बरु उतै (प्रमकहाँ) कुरा गर्नुस् न’ भन्दै आफू पन्छिए ।
उनको सेञ्चुरी मसला उद्योगको टेण्डरसम्बन्धी मुद्दा उहिले पनि उद्योग विभागमा चलिरहेको छ । मुद्दा लागेको मान्छे नै राज्यमन्त्री भएर आउने, त्यसमाथि हप्कीदप्की पनि गर्ने भएपछि कर्मचारी तनावमा हुने नै भए । न मुद्दा हेर्न पाइने भयो, बरु उल्टै मुद्दावाल मन्त्रीको गाली सुन्नुपर्ने स्थिति छ ।
सम्बन्धित शीर्षकहरु
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ : परराष्ट्रमन्त्री राणा
मङ्लबार, माघ १, २०८१अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१