

-
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराउनेछ ।
कतार एयरवेजले एन्फालाई दुई चरणमा रकम उपलब्ध गराउनेछ । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गर्नेछ । यसवापत एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो प्रयोग गर्नुपर्नेछ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एयरवेजका देशीय निर्देशक मोहमद इमानले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एन्फा अध्यक्ष शेर्पाले कतार एयरवेजसितको सम्झौताले लिग आयोजना गर्न सहज भएको बताए ।
प्रतियोगितामा सहभागी हुने क्लबलाई तयारीस्वरुप प्रतिक्लब रु २० लाख उपलब्ध गराउने अध्यक्ष शेर्पाले बताउनुभयो । शनिबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लब खेल्दैछन् । लिगको पुछारमा रहने एउटा टोलीको घटुवा हुनेछ । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचाँैले रु सात लाख र छैटौ हुनेले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । हरेक खेलको विजेताले रु ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ ।
यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई रु १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले रु एक लाख पुरस्कार पाउनेछ । लिगको उद्घाटन खेल दशरथ रङ्गशालामा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६


सम्बन्धित शीर्षकहरु

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो
बुधबार, असार ४, २०८२-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२