

-
कास्की । १३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर उहाँले सागमा सहभागी खेलाडीले देखाएको प्रदर्शनले निकै हर्षको अनुभूति गराएको र आगामी दिनमा समेत अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न पोखरा सक्षम छ भन्ने सन्देश प्रवाह गरेको उल्लेख गर्नुभएको छ ।
साग आयोजनाले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको र प्रतियोगिताका क्रममा खेलाडी तथा अफिसियलको पोखरा बसाइँ सुखद् र यादगार बनाउन भूमिका खेल्ने होटल व्यवसायी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम पोखरेली खेलप्रेमीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।
पोखरामा आयोजना गरिएको आर्चरी, फुटबल (महिला), ह्याण्डबल (महिला/पुरुष), बिचभलिबल (महिला/पुरुष), भारोत्तोलन (महिला/पुरुष), ब्याडमिन्टन (महिला/पुरुष), ट्रायथोलन (महिला/पुरुष) र क्रिकेट (महिला) का खेल भव्यताका साथ सम्पन्न भएकासमेत संयोजक पुनले उल्लेख गर्नुभएको छ । पोखरामा सम्पन्न खेलमा खेलाडी र प्रशिक्षक ८४२ तथा रेफ्री र निर्णायक ४९४ गरी एक हजार ३०० भन्दा बढीको सहभागिता रहेको थियो । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६


सम्बन्धित शीर्षकहरु
-
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९ -
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९
-
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९ -
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९