

-
मेक्सिको सिटी । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताउनुभएको छ । उहाँले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति हानिकारक रहेको बताउनुभयो ।
व्यापार सम्बन्धी संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानाडा सन्धि (युएसएमसीए) का सम्बन्धमा सिनेटरहरुसँगको छलफलमा विदेश मन्त्री इब्रार्डले सवारी साधन उत्पादनका लागि ७० प्रतिशत फलाम उत्तर अमेरिकी क्षेत्रकै हुनुपर्ने प्रस्ताव अमेरिकाले राखेको जानकारी दिनुभयो ।
उक्त प्रस्तावले मेक्सिकोलाई “अत्यन्त ठूलो नोक्सानीमा पु–याउनेछ”, इब्रार्डले भन्नुभयो, किनभने मेक्सिकोमा उत्पादित कारमा ब्राजिल, जापान र जर्मनीमा बनेका सामान पनि प्रयोग हुने गर्दछन् ।
मन्त्री इब्रार्डले मेक्सिकाली प्रतिनिधिमण्डलले सन्धि कार्यान्वयनका सन्दर्भमा अमेरिकी प्रतिनिधिहरुसँग हुने बैठकमा नयाँ प्रावधान तुरुन्तै लागू नगर्न अनुरोध गरिने बताउनुभयो ।
मेक्सिकोले पनि आल्मुनियम प्रावधानका लागि “कुनै शर्त” स्वीकार्न सक्दैन भन्दै मन्त्री एब्रार्डले भन्नुभयो, किनभने अमेरिकासँग अल्मुनियम उत्पादन गर्न पर्याप्त स्रोत छैन ।
मेक्सिको विश्वको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ता मुलुकमध्ये एक हो । मेक्सिकोमा जनरल मोटर्स, निसान, फियाट–क्रिसलर र भक्सवागन जस्ता विश्व प्रसिद्ध ब्रान्डका सवारी साधन उत्पादन हुने गर्दछन् ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले युएसएमसीए अन्तर्गत मेक्सिकोको श्रम सुधारको कार्यान्वयन बारे सुपरीवेक्षण गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार नगर्ने बताएको केही दिनपछि नै मन्त्री एब्रार्डको टिप्पणी सार्वजनिक भएको हो ।
नयाँ सम्झौताको अनुमोदन गर्ने हालसम्म मेक्सिको मात्र त्यस्तो देश हो, जसले २५ वर्ष पुरानो उत्तरी अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहलाई स्वीकार गरेको थियो । राष्ट्रपति ट्रम्पको भनाईमा संयुक्तराज्य अमेरिकाका लागि नाफ्टा अत्यन्तै कमजोर सम्झौता हो ।
नोभेम्बर २०१८ मा हस्ताक्षर गरिएको नयाँ सम्झौता अन्तर्गत आफ्ना प्रतिबद्धताहरूको पालना गर्न मेक्सिकोले श्रमिकको न्यूनतम ज्यालामा वृद्धि गर्नुका साथै श्रम क्षेत्रमा सुधार गरी युनियनहरूलाई थप शक्ति दिएको थियो ।
तर अमेरिकी श्रम समूह र प्रतिनिधि सभामा विपक्षी डेमोक्राट्सले मेक्सिको सरकारले नयाँ नियमहरु लागू गर्न सक्ने क्षमतामाथि शंका व्यक्त गरेका छन् । रासस/एएफपी
News Desk 0 response सोमवार, मंसिर २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३



