

-
बेइजिङ । संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् ।
अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको छ । चिनियाँ भन्सार विभागका अनुसार अमेरिकाबाट हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको मालबस्तु आयात भएको छ ।
तर चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार आएको छ जसका कारण चीनको कूल व्यापार घाटामा कमी आएको छैन ।
विश्वव्यापी रुपमै मागमा कमी आए पनि अघिल्लो वर्षको तुलनामा निकासीतर्फ १.१ प्रतिशत वृद्धि भई करिब २२२ अर्ब अमेरिकी डलर पुगेको छ ।आयातमा भने ० दशमलब ३ प्रतिशत वृद्धि भएको छ । चीनले यस अवधिमा १८३ अर्ब अमेरिकी डलर बराबरको वस्तु तथा सेवा खरिद गरेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता जारी रहेपनि ठोस सहमति अझै हुन सकेको छैन । अमेरिकी प्रविधि जबर्जस्ती चीनले हत्याएको आरोप लगाउँदै वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि विश्वव्यापी आर्थिक मन्दीको सम्भावना बढेको छ । रासस/एपी
News Desk 0 response आइतवार, मंसिर २२, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



