

-
नयाँदिल्ली । भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ । यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ ।
प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिनुभएको हो । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरु मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्री सहित धेरै राजनीतिक नेताहरु र अधिकारकर्मीहरुसँग छलफल गर्नुभएको थियो ।
भारतीय राष्ट्रिय कंग्रेस समेतका विपक्षी दलहरुले उक्त विधेयकको विरोध गरेका छन् । धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरुको भनाई छ । रासस/एएनआई
News Desk 0 response बुधबार, मंसिर १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
नेपालमा ५७ वटा देशको साढे २ खर्ब..
बुधबार, अशोज १०, २०८० -
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा चार जनाको..
बुधबार, अशोज १०, २०८० -
यस्तो रहनेछ आजको मौसम
बुधबार, अशोज १०, २०८०
-
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
नेपालमा ५७ वटा देशको साढे २ खर्ब..
बुधबार, अशोज १०, २०८० -
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा चार जनाको..
बुधबार, अशोज १०, २०८० -
यस्तो रहनेछ आजको मौसम
बुधबार, अशोज १०, २०८०
-
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख..
सोमवार, अशोज ८, २०८० -
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा..
सोमवार, अशोज १, २०८० -
प्रधानमन्त्री दाहाल न्यूयोर्कमा
आइतवार, भदौ ३१, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८०