

-
काबुल । विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारवाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकूको मृत्यु भएको अफगान सेनाले जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको केही प्रान्तहरुमा गरिएको सैन्य कारवाहीका क्रममा ती लडाकूहरु मारिएका उल्लेख गरिएको छ । सोमबार गरिएको यस सैन्य कारवाहीका क्रममा अरु थुप्रै तालिबान लडाकू घाइते भएका सेनाले दाबी गरेको छ । अफगानिस्तानको लोगाड, कुन्दुज र हेलमाण्ड प्रान्तमा सो सैन्य कारबाही गरिएको प्रान्तीय सरकारका प्रवक्ता एस्तामुल्लाह मुराडीले बताउनु भएको छ । सरकारी भनाइको प्रतिवाद गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मजाहिदले विगत २४ घण्टाको अवधिमा मुलुकभर दर्जनौं सुरक्षाकर्मी मारिएको दाबी गरेका छन् । उता, पूर्वी नान्गरहर प्रान्तको अचिन जिल्लामा सुरक्षा फौज समक्ष ३१ जना इस्लामिक स्टेटका लडाकूहरुले आत्मसमर्पण गरेको प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अफगानिस्तानमा युद्धरत विभिन्न पक्षले सशस्त्र भिडन्तका क्रममा मृत्यु भएका व्यक्तिका सम्बन्धमा बढाइ चढाइ गर्ने गरेको स्वतन्त्र अनुगमनकर्ताहरुको भनाइ छ ।रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९