

-
काठमाण्डाै । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्काको यु २३ सँग छ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेपछि ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काका लागि शाम्मु आशानले अविजित ७२ रन बनाए । उनले ४४ बल खेल्दै पाँच छक्का र चार चौका प्रहार गरे । यस्तै निशान मदुशकाले ४२ खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ४६ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले दुई तथा सोमपाल कामी र सुशन भारीले एक÷एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले अविजित रहँदै ४४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ७२ रन बनाए । यस्तै पवन सर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका कामिन्दु मेन्डिसले दुई तथा दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले एक एक विकेट लिए । रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६


सम्बन्धित शीर्षकहरु

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो
बुधबार, असार ४, २०८२-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२