

-
कास्की । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत ट्रायथोलनको आज पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल एक रजत पदक जित्न सफल भयो ।
गौरीघाटमा भएको प्रतियोगितामा निर्धारित पाँच किमी दौड, २० किमी साइकल र पुनः दुई दशमलव पाँच किमी दौड ५७ मिनेट ३३ सेकेण्डमा पूरा गरी नेपालका हिमाल टमाटाले देशलाई स्वर्ण पदक दिलाएका हुन् । नेपालकै लक्ष्मण मल्लले निर्धारित दूरी ५९ मिनेट १३ सेकेण्डमा पूरा गरी रजत तथा श्रीलङ्काका अशिथ परेराले ५९ मिनेट ३२ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे ।
त्यसैगरि महिलातर्फ श्रीलङ्काका एराङ्गा दुलाक्षीले निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा पार गरी स्वर्ण पदक प्राप्त गरिन् भने नेपालका भूमि बुढामगरले एक घण्टा आठ मिनेट ५८ सेकेण्डमामा तोकिएको दूरी पूरा गरी रजत प्राप्त गर्न सफल भइन् । श्रीलङ्काका उदय कुमारीले एक घण्टा नौ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी पूरा गरी काश्य पदकमा चित्त बुझाइन् । सागको ट्रायथोलनमा आयोजक नेपालसहित भारत र श्रीलङ्काले सहभागिता जनाएका छन् ।
ट्रायथोलनमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रस्पिर्धा भइरहेको छ । ट्रायथोलनमा सोमबार भएको प्रतिस्पर्धामा महिलातर्फ नेपाल तथा पुरुषतर्फ भारतले स्वर्ण पदक जितिसकेको छ । प्रतियोगिताअन्तर्गत बुधबार ‘मिक्स रिले’मा प्रत्येक देशबाट दुई÷दुई जना महिला तथा पुरुष गरी १२ जनाबीच प्रतिस्पर्धा हुँदैछ । फेवातालमा ३०० मिटर पौडी, छ दशमलव पाँच किमी साईक्लिङ र साढे दुई किमी दौड रिलेमा समेटिएको छ । रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६


सम्बन्धित शीर्षकहरु

एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९