

-
वासिङ्टन । अमेरिकी ट्रम्प प्रशासनले करिब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरका फ्रान्सेली सामानमा शत प्रतिशत करवृद्धि गर्ने योजनामाथि विचार गरिरहेको छ ।
अमेरिकी कम्पनीहरु गूगल, एप्पल, फेसबुक र अमेजनमाथि डिजिटल करका रुपमा फ्रान्समा अत्यधिक करको भार थोपरिएको अनुसन्धानबाट खुलेपछि अमेरिकी प्रशासनले प्रतिशोधस्वरुप करवृद्धिको योजना बनाएको बताइएको छ ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले जारी गर्नुभएको पछिल्लो वक्तव्यमा फ्रान्सले लगाएको डिजिटल करका विरुद्ध कठोर कदम चाल्न अमेरिका बाध्य हुने उल्लेख छ । उहाँले अमेरिकी कम्पनीमाथि लक्षित गरी विभेदपूर्ण रुपमा कर लगाइएको वा निरुत्साहित गर्न खोजिएको अनुसन्धानबाट थाहा भएको बताउनुभयो ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले गत जुलाईमा फ्रान्सेली करसम्बन्धी व्यवस्थाका बारेमा अनुसन्धान गर्ने जनाएको थियो । यो अनुसन्धान अमेरिकी व्यापार कानुन १९७४ को खण्ड ३०१ बमोजिम गरिएको थियो । अमेरिकाले चिनियाँ सामानमाथि करवृद्धि गर्ने प्रस्ताव पनि यही कानुन बमोजिम गरेको थियो ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले फ्रान्सेली कर विवाद टुङ्ग्याउन अमेरिका र फ्रान्सबीच मध्यस्थ वार्ता गर्न दिएको ९० दिनको समयावधि पनि समाप्त भएको जनाएको छ ।
फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले गत जुलाईमा डिजिटल सेवा प्रदायक कम्पनीमाथि ३ प्रतिशत कर लगाउने एउटा कानुनमा हस्ताक्षर गर्नुभएको थियो । उक्त कानुनले आफ्नो व्यवसायमा असर पर्ने भन्दै अमेरिकी प्रविधि कम्पनीहरु गूगल, फेसबुक र अमेजनले विरोध गरेका थिए ।
अमेरिकी करवृद्धि योजनामा फ्रान्सेली वाइन, चिज, मेकअप र ह्यान्डब्याग समेतका सामग्री समेटिएका छन् । रासस/एएनआई
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



