
-
मनिला । फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा स्थानीयबासीको भागाभाग भएको छ । कामुरी नामको सो आँधीबाट हजारौँ व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन् ।
यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको बुझिएको छ । अधिकारीहरुले सो क्षेत्रबाट कैयौँ व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन् ।
हाल सो शक्तिशाली आँधी राजधानी मनिलाको नजिकै पुगेको छ । यसबाट पर्न सक्ने क्षतिको अनुमान गर्दै सुरक्षा अधिकारीहरुले पूर्व तयारी थालेका छन् ।
मौसम विज्ञान क्षेत्रका अधिकारीहरुले उक्त आँधी प्रति घन्टा कम्तीमा पनि १८५ किलोमिटरका दरले आउने अनुमान गरेका छन् । यसका कारण सोमबार अबेरतिर मनिलाको वरिपरी पहिरो पनि जान सक्ने उनीहरुले बताएका छन् ।
सोमबार राति अबेर र मङ्गलबार बिहानतिर आँधीको असर देखिन सक्ने अनुमान उनीहरुले गरेका छन् । मङ्गलबार बिहानतिर फिलिपिन्सको राजधानी मनिला तथा यस देशको पूर्वी क्षेत्र नै प्रभावित हुने अनुमान उनीहरुको छ ।
आँधी र यसका साथमा भारी वर्षा पनि हुने अनुमान गरिएको छ । वर्षात्सँगै हुनसक्ने क्षतिका लागि पनि सरकारी अधिकारीहरुले तयारी गरेका बताइएको छ ।
अहिले आँधी मनिलाको नजिक पुग्न लागेको बताइएको छ । यदि मनिलामा यो प्रवेश गर्यो भने यहाँको कम्तीमा पनि एक करोड ३० लाख जनसंख्या नराम्ररी प्रभावित हुनेछ ।
मनिलाबाट पूर्वी क्षेत्रमा रहेको बाइकुल भन्ने क्षेत्रबाट करिब ७० हजार व्यक्ति विस्थापित भइसकेका छन् । उक्त क्षेत्र छोड्न सरकारले सूचना जारी गरेको थियो । उक्त क्षेत्रमा आँधीसँगै भारी वर्षा र यसबाट पहिरो पनि जान सक्ने अनुमान मौसमविद्हरुले भविश्यवाणी गरेका थिए ।
फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ । यहाँ वर्षेनी साना ठूला गरी २० ओटा जति आउने गरेका छन् । त्यसैले यस समयमा यहाँका सुरक्षा अधिकारीहरुले पनि व्यापक तयारी गर्ने गरेका छन् ।
सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए । यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो । रासस/एएफपी
News Desk 0 response सोमवार, मंसिर १६, २०७६


सम्बन्धित शीर्षकहरु

अमेरिकाको एक विद्यालयमा भएको गोली प्रहारमा ज्यान गुमाउनेको सङ्ख्या २६ जना पुग्यो
बुधबार, जेष्ठ ११, २०७९-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९