

-
आज पर्यटन प्राज्ञिक र निर्णय प्रक्रियामा पनि धेरै बहसको विषय रहेको छ । विशेषत वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिलाई आधारमान्दा र सन् १९५३ मा तेन्जिङ नोर्गे र एड्मन हिलारीको सगरमाथा आरोहणले नेपालमा पर्यटनको सम्भाव्यतामा ठूलो सुरुवात गरेको पाइन्छ । २००७ सालदेखि आजसम्मको सत्तरी वर्ष लामो पर्यटनको नेपाली इतिहास रहेको छ । विभिन्न राजनीतिक घटनाक्रम र परिवर्तनको सम्वाहकको भूमिकामा पनि पर्यटनको ठूलो भूमिका रहेको पाइन्छ, प्रत्यक्ष वा परोक्ष । प्रजातन्त्र, पञ्चायत, प्रजातन्त्रको पुनः बहाली माओवादी जनयुद्ध र लोकतन्त्र हुँदै गणतन्त्रसम्मको यात्रा गरि रहँदा विशेष घटनाक्रम बाहेक नेपालमा पर्यटनको आगमनमा सन्तुष्टि मान्न सकिने खालको पाइन्छ । वि.सं. २०५२ बाट १० वर्ष भएको जनयुद्धले तत्कालिन समयमा पर्यटन व्यवसाय धरासायी बनेको तितो इतिहास त छँदैछ त्यही युद्धले हाल ‘गुरिल्ला मार्ग’ जस्ता युद्ध पर्यटनको ऐतिहासिक्ताको विजारोपण पनि गरेको छ । २०७२ सालको महाभूकम्प र त्यसपछिको पुनः निर्माणले ऐतिहासिक धरोहरको ऐतिहासिक्तामा नै प्रश्न उठ्न थालेको छ । तीव्र (अ) व्यवस्थित सहरिकरणले पनि पर्यटक र पर्यटन व्यवसायको ‘स्वास्थ्य’ मा अर्को प्रश्न उठिरहेको अवस्था नै आजको चटारो हो ।
हामीमा घोषणा बलियो र कार्यान्वयन साह्रै फितलो गर्ने बानी परेको छ । घोषणा गर्नु नै सबै समाधान होइन, नेपाललाई खुल्ला दिशामुक्त देश भनी वि.सं. २०७६ मा घोषणा गरियो । देशको राजधानी काठमाडौं मै सार्वजनिक शौचालयको अवस्था धेरैलाई जानकारीकै कुरा हो । सकारात्मक सुरुवात नै मान्नुपर्छ यस्तो घोषणालाई तर त्यसको व्यवहारिक पक्षलाई खासै कुनै निकायबाट पहल भएको पाइँदैन । सोलुखुम्बुको सल्लेरीदेखि खुम्बुसम्मको वर्तमान अवस्था हेर्ने हो भने बिचबिचमा कुनै चर्पी र प्राथमिक उपचारको व्यवस्था नै भेटिँदैन । घोषणाले मात्र र घोषणा गर्नु पूर्वको आधारमै प्रश्न उठ्न सक्छ । हो, अब रहन्छ व्यवहारिक्तामा वि.सं. २००७ देखि वि.सं. २०७६ सम्म आइपुग्दा नेपालमा पर्यटनको विमर्श धेरै सकारात्मक बाटोमा भेटिन्छ । विमर्शलाई व्यवहारिक्ताको पाटोमा पु¥याउनु पनि सानो आँक्न सकिन्छ जस्तो लाग्दैन ।
खासमा दोस्रो विश्वयुद्धको अन्त्य र विश्वयुद्धले निम्त्याएको रगतमय मानसपटलहरुमा केही सकारात्मक्ताको विकास हुने हिसाबले पर्यटन र यससँग सम्बन्धित व्यवसायको सुरुवात भएको मान्न सकिन्छ । हुन त दोस्रो विश्वयुद्ध अघी पनि पर्यटनको चहलपहल थियो तर युद्धले पारेको मानवीय मस्तिष्कको चोटलाई परिपूर्ति गर्दा त्यसपछि यसले राम्रो गति लिएको पाइन्छ । जुन आज नेपाल र नेपाल जस्तो देशको लागि आम्दानीको गतिलो स्रोत भएको छ । वर्तमान परिपे्रक्षमा हेर्दा कृषि र विप्रेषण पछि पर्यटनले नेपाली अर्थतन्त्रमा तेस्रो ठूलो भूमिका खेलिरहेको छ । देशमा प्रजातन्त्र र वैदेशिक रोजगारिले सिर्जना गरेको ‘डायस्पोरा समुदाय’ ले पर्यटनको आगमनलाई ठूलो योगदान पु¥याएको छ । देशभित्रको फरकपन, प्राकृतिक भिन्नता र सामाजिक÷सांस्कृतिक संरचनाहरु नै आज आकर्षक पर्यटक गन्तव्यको रुपमा रहेको छ ।
विमर्शमा, निर्माण–पुनः निर्माण र विनिर्माण (Construction, Reconstruction and Deconstruction) ले पनि वर्तमान पर्यटनमा नयाँ आयाम दिनसक्छ । नेपाल बुद्धको देश, सगरमाथाको देश, विभिन्न जातजाति र फरक राष्ट्रियताहरुको संगम भएको देश, सानो भूगोलभित्र विविधता भएको देश भन्ने शब्दहरुलाई धेरै बेचियो पर्यटन उद्योगमा । कुरो रह्यो बुद्ध नेपालकै हुन त्यसमा कुनै प्रश्न गर्ने ठाउँ छैन । प्रश्न त्यतिबेला उठ्छ जब कुनै पनि विदेशी नेपालमा पर्यटकको रुपमा आउँदा बुद्धको शान्तिको सन्देशलाई कत्तिको महसुश गर्छ ? अन्तर्राष्ट्रिय विमानस्थलमा झरेदेखि फोहोर, प्रदुषण, कोलाहल, दुर्गन्ध र असुरक्षाको महसुस गर्नुपर्ने बाध्यताले पर्यटकमा बुद्धको बुद्धत्वलाई कसरी वर्तमान नेपालीपन भित्र खोज्न सक्छ ? सगरमाथाको देश भनेर प्रदुषण हुने र स्रोतको क्षति हुने गरि नै आरोहणको अनुमति दिनु पनि उचित होइन नी ! स्रोत साधनको भारवहन क्षमतालाई पनि ध्यान दिनु पर्ने सत्यताबाट भाग्न भएन नी । व्यवहारिक पक्षलाई वास्ता गरेन भने कुनै दिन फोहोरको थुप्रोले सगरमाथालाई विश्वको दोस्रो ठूलो भन्नुपर्ने दिन नआउला भन्न सकिन्न । फरक जात, जाती, राष्ट्रियता र भूगोल भनि रहँदा फरकपन भित्रको एकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । फरकपन भित्रको एकतालाई समाज विज्ञानको चुरो मानिन्छ भने पर्यटन व्यवसायको मुख्य आकर्षण बिन्दु ।संरचनाहरु
लगानीको हिसाबले पनि पर्यटन स्थानीयदेखि राष्ट्रिय तहसम्म पर्यटन (धुप रहित) उद्योगको रुपमा रहेको पाइन्छ । पर्यटन विमर्शमा फरक निकायको फरक–फरक भूमिका रहन्छ, परोक्ष वा प्रत्यक्ष । राज्य र सरकार एक प्रमुख निकायको रुपमा रहन्छ जसले निर्णय प्रक्रियामा योगदान गर्दै त्यसबाट ठूलो फल लिन सक्छ । राज्यको आम्दानीको मुख्य स्रोत बनाउन सकिन्छ । सरकार अन्तर्गतका पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, उड्डयान प्राधिकरण जस्ता निकायहरुको संरचनागत कार्य नै पर्यटन उद्योगमा प्रमुख मान्न सकिन्छ । प्रहरी, आर्मी, विश्वविद्यालयको पर्यटन सम्बन्धी कोर्षहरुलाई पनि पर्यटन विमर्शको संरचनागत तहमा राख्न सकिन्छ । नेपाललाई विविधताले भरिपूर्ण देश भनिरहँदा फरक–फरक सामाजिक–सांस्कृतिक स्परुप भएका समूहहरुको आ–आफ्नै खालको सामाजिक संस्था र व्यवहार पनि पर्यटकलाई आकर्षणको केन्द्र रहेको छ । केही उदाहरण लिँदा नेवारभित्रको ‘गुठी’ परम्परा र गुरुङ भित्रको ‘रोधी’ लाई लिन सकिन्छ ।नेपालमा प्रचलित पर्यटन
सुगौली सन्धी (सन् १८१५) भन्दा अघी नेपालमा एकीकरणकै कामहरु भए । त्यो समयमा राष्ट्र निर्माणको कार्य भयो, राष्ट्रियताको बहस भएन । साहित्यमा ‘विट रस’ पछि ‘करुण रस’ को प्रयोग भयो त्यही समयदेखि नेपालमा तिर्थयात्राको प्रक्रिया तीव्र रह्यो । हुनत त्योभन्दा अगडि राजा–रजौटाको तिर्थयात्रा सामान्य नै हुन्थ्यो । सुगौली सन्धीपछि युद्धबाट विरक्तिएकाहरु साहित्यको ‘शान्त रस’ खोज्न नेपाल तथा भारतका प्रसिद्ध हिन्दु तिर्थस्थलहरुमा तिर्थाटन गर्ने गरे । हुनतः प्रजातन्त्र पछि नै नेपालमा पर्यटनले आधिकारिक्ता पाएको पाइन्छ ।
वर्तमान समयमा नेपालमा सबैभन्दा प्रचलित पर्यटन भनेको ‘साहसिक पर्यटन’ हो । ट्रेकिङ, हिमाल आरोहण, साइक्लिङ, स्केटिङ र बन्जिजम्प जस्ता साहसिक पर्यटनले आज स्वदेशी तथा विदेशी पर्यटकहरुलाई राम्रो लोभ देखिएको छ । राष्ट्रिय निकुञ्ज, सिकार आरक्षण, संरक्षित क्षेत्र तथा धार्मिक स्थल र स्थानीयता नै पर्यटनको केन्द्र भएको छ, आज नेपालको सन्दर्भमा ।अन्त्यमा
News Desk 0 response आइतवार, मंसिर १५, २०७६
सयम फेरियो, परिस्थिति परिवर्तन भयो समाजमा नयाँ–नयाँ तौरतरिका देखिए, उत्पादनको स्वरुपमा परिर्वतन आयो, प्रविधिले नयाँपन दियो र पुराना व्याख्याहरुमा नयाँपन थपिदियो । यी र यस्ता कारणले गर्दा नेपालभित्र पनि आन्तरिक पर्यटनले राम्रो बजार लिँदैछ । युनेस्को (UNESCO) ले विश्व सम्पदा सूचिमा समावेश गरेको १० पर्यटकीय क्षेत्रको सम्बर्धन नै आजको मुख्य जिम्मेवारी रहेको छ, साथै देशिभित्रको सम्पूर्ण देखिने (Tangible) र अनुभव गर्न सकिने (Intangible) स्रोतको सम्वद्र्धन गर्नुपर्छ । यस्तो कार्यहरुमा सरकारको जिम्मेवारी प्रमुख रहन्छ तर सबै निकाय तथा स्थानीय जनताको जिम्मेवारी पनि कम भने हुँदैन । सरकारले आयोजना गरेको केही अभियानहरु जस्तैः नेपाल भ्रमण वर्ष सन् १९९८, पर्यटन वर्ष सन् २०१२ र सन् २०२० लाई मध्यनजर गर्दै भिजिट नेपाल २०२० पर्यटन प्रबर्धनको ठूलो हतियार हुनसक्छ । हामी सबैको २०२० मा भने हाम्रो आजको मुख्य ध्यान रहनुपर्छ–पहिला देश ।
लेखक जनप्रशासन र मानवशास्त्र विषयका स्नातकोत्तर हुन् र हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा अध्यापनरत छन् ।


सम्बन्धित शीर्षकहरु
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०