

-
त्रिपोली । युरोप प्रवेश गर्न खोज्ने तर लिबियामा पक्राउ परेका १४० जना विदेशी आप्रवासीलाई लिबियाले उनीहरुकै देश फर्काएको छ ।
आप्रवासन केन्द्र लिबियाका अनुसार यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरबाट फिर्ता गरिएका हुन् । केन्द्रले स्वदेश फर्काइएका ती व्यक्तिहरुमा अफ्रिकी मुलुकहरु चाड र सुडानका नागरिक रहेका छन् ।
केन्द्रले जारी गरेको पछिल्लो विज्ञप्तिमा अफ्रिकी मुलुकहरु चाड र सुडानका सरकारसँगको सहकार्यमा उनीहरुलाई फिर्ता गरिएको उल्लेख छ ।
अधिकांश अफ्रिकी मूलका व्यक्तिहरु युरोप प्रवेश गर्न लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् । तर लिबियामा बढेको असुरक्षा र अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन सन् २०११ मा पतन भएसँगै लिबियामा अझ असुरक्षा बढेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार हाल ६ लाखभन्दा बढी अवैध आप्रवासी लिबियामा रहेका छन् । उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको पनि संगठनले जनाएको छ ।
समुद्रबाट उद्धार गरिएका वा लिबियाली सुरक्षाकर्मीले पक्राउ गरेका हजारौं आप्रवासीलाई निकै भिडभाडयुक्त अस्थायी आश्रयस्थलमा राखिएको पनि संगठनले जनाएको छ । असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु बन्द गर्न आग्रह गरेपनि लिबिया सरकारले यी शिविरहरु बन्द गर्न अस्वीकार गरिरहेको छ । रासस/सिन्ह्वा
News Desk 0 response आइतवार, मंसिर १५, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३



