

-
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।
स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् । मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन् ।
एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा बिमानका पाइलट पनि रहेका छन् । बिमानमा कूल १२ जना सवार थिए । उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको थियो ।
अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ । साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका उडानहरु प्रभावित भएका छन् । रासस/एएफपी
News Desk 0 response आइतवार, मंसिर १५, २०७६

सम्बन्धित शीर्षकहरु
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
शनिबार, कार्तिक ३०, २०८२
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त प्रतिभा नभएको भनाइ
बुधबार, कार्तिक २७, २०८२
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको संकेत, विपक्षीद्वारा अस्वीकार
बुधबार, कार्तिक २७, २०८२-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



