

-
चिप्लेढुङ्गा । पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर १७ देखि हुँदैछ ।
फुटबल मैदानको काम केही बाँकी भए पनि प्यारापिट लगायतका काम शनिबार सकिएको थियो । मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुच्छ«े हिमालको काखमा सिङ्गारिएको नवनिर्मित फुटबल मैदानमा नेपाली महिला फुटबल टोलीले ‘ओपनिङ टच’ गरेका हुन् ।प्रशिक्षक हरि खड्काले पोखराको सुन्दरतासँग खेलाडीले निकै आनन्द महशुश गरेको बताउँदै भन्नुभयो, ‘‘फुटबल मैदानको केही काम निर्माण हुँदैछन् । यो खुलेको हिमाल मुनि ‘ओपनिङ टच’ले खेलाडीमा आत्मविश्वास बढाएको छ ।’’ सागका अघिल्ला संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो । घरेलु मैदानमा अघिल्ला खेलको बदला लिएर जित हासिल पार्ने दाउमा खेलाडी छन् ।
खड्काले यसपाली खेलाडीले निकै मेहनत गरेकाले जित्नेमा ढुक्क भएको बताउनुभयो । ‘‘नेपालसँग भिड्ने भारत पनि बलियो प्रतिद्वन्द्वी नभएकाले हाम्रो मेहनतले सोचेजस्तै सफलता हासिल गर्नेमा ढुक्क छौँ ।’’ उहाँले भन्नुभयो ‘‘भारतीय र नेपाली टोलीको स्तर एउटै हो । अहिले साफ च्याम्पियनसिपदेखिको परिश्रमलाई उपयोग गरेर उपाधि जित्न चाहन्छौँ ।’’
टोलीका लागि स्ट्राइकरको जिम्मेवारी सम्हाल्नुभएका सावित्रा भण्डारीले पनि मेहनत राम्रो गरेकाले खेल जित्ने विश्वास व्यक्त गर्नुभयो । ‘‘अघिल्ला खेलमा देखिएका गल्ती यो खेलमा दोहोरिने छैनन्, सुधारले नतिजा राम्रै हुनेमा आशावादी छौँ ।’’ घरेलु मैदानको फाइदा उठाउँदै नेपालीलाई खुशी दिलाउन आफुहरुले निकै मेहनत गरेको उहाँको भनाइ छ ।
साग महिला फुटबलको पहिलो खेलमा नेपालले श्रीलङ्कासँग भिड्ने छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशमात्रै सहभागी भएकाले राउन्ड रोबिन लिगका आधारमा खेल हुने फुटबल प्रशिक्षक शम्भु केसीले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, मंसिर १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



