

-
तिराना । पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको उद्धारकर्मीहरुले बताएका छन् । अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म भूकम्पका कारण ३५ जनाको मृत्यु भइसकेको जनाएको छ । अझै पनि हराइरहेका व्यक्तिको खोज तथा उद्धारको कार्य जारी रहेको छ । मङ्गलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट ठूलो संख्यामा घरहरु ढलेका र भग्नावशेषमा मानिसहरु पुरिएका थिए । अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाउनुभएको थियो । उहाँले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिनुभयो । रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गर्नुभयो । अल्बानियामा खोज तथा उद्धारका लागि इटाली र टर्कीका पनि उद्धारकर्मी परिचालन गरिएको छ । अल्बानियाली उद्धार निकायले आफ्ना उद्धारकर्मीहरु चौबिसै घण्टा काममा जुटेको बताएको छ । अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् । रासस-सिन्ह्वा
News Desk 0 response बिहिबार, मंसिर १२, २०७६


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ जना वेपत्ता
सोमवार, मंसिर १८, २०८०-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८० -
खरिदारको सरुवा फागुनसम्म रोकियो
मङ्लबार, मंसिर १२, २०८०