

स्वास्थ्यमन्त्री दिल्ली पुग्दा सचिवको पनि दिल्लीमै हाजिरी
बेथितिको पनि हद हुन्छ नि उनी हाजिर गर्न दिल्ली पुग्दा उपेन्द्र यादव आफैँ पनि त्यतै थिए । उनको जानकारीमै पुष्पाले अर्को जागिरमा हाजिर गरिन् । नेपालको कानुनमा कुनै पनि कर्मचारीलाई दोहोरो सेवा गर्ने छूट छैन । सरकारी जागिर खानेले अर्को इलम गर्न पाउँदैन ।
-
काठमाडौं ।
स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठनमा जागिर खानका लागि साउनमै राजीनामा दिइन् । तर, आजसम्म स्वीकृत भएन मात्रै हैन, उहिल्यै मन्त्रिपरिषद्बाट फिर्ता भयो । यता राजीनामा स्वीकृत नभए पनि दिल्ली पुगेर डब्लुएचओको एशिया प्रशान्त शाखामा हाजिर गरिसकिन्, तलब र सुविधा पनि बुझ्न थालिसकिन् । बेथितिको पनि हद हुन्छ नि उनी हाजिर गर्न दिल्ली पुग्दा उपेन्द्र यादव आफैँ पनि त्यतै थिए । उनको जानकारीमै पुष्पाले अर्को जागिरमा हाजिर गरिन् । नेपालको कानुनमा कुनै पनि कर्मचारीलाई दोहोरो सेवा गर्ने छूट छैन । सरकारी जागिर खानेले अर्को इलम गर्न पाउँदैन । यदि त्यस्तो गरेमा ती कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त गर्न सकिन्छ । तर, जब मन्त्री आफैँ सचिवले अर्को अड्डामा हाजिर गरेको हेरेर फर्किन्छन् र यता आएर चूपचाप बस्छन् भने त्यो देशमा नियम, कानुन कार्यान्वयन हुन्छ कसरी ? अनि, त्यस्तो मन्त्रीलाई उल्टै कानुनमा पठाउने ?
News Desk 0 response बुधबार, मंसिर ११, २०७६
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को उपकूलपतिमा सिफारिस भएको ९ महिनापछि डा.डिएन साह नियुक्त भए । कारण हो, मन्त्री जहिल्यै विदेशमा हुने, राज्यमन्त्रीले क्याबिनेट जान नपाउने बरु उनैले मन्त्रालय चलाउने । यसबाहेक स्वास्थ्य व्यवसायी परिषद्, नर्सिङ काउन्सिल, फार्मेसी परिषद्को पदपूर्ति मन्त्रिपरिषद्ले गर्नुपर्नेमा महिनौँदेखि लन्ठिएर बसेको छ । कारण हो, उपेन्द्रले नाम पठाउने, त्यसमा प्रधानमन्त्रीले छलफल गर्न नपाउने । त्यसैले पाँच महिनादेखि प्रस्ताव तामेलीमा राखियो । भानुभक्त बहाली भएको भोलिपल्टै ती प्रस्ताव फिर्ता गएको छ । अब शायद उनले मिलाएर लैजालान् र ती ठाउँमा नियुक्ति होलान् ।
सचिवसहित र सचिवकै स्तरका (१२ औँ तह) पाँच विशेषज्ञ पदमध्ये तीनवटा खालि छ, ०७४ सालदेखि । ०७४ को मंसिर ११ मा १२ औँ तहका डा.तरुण पौडेल रिटायर्ड भए । डा.विनोदमान श्रेष्ठ फागुन २२ मा र डा.सुशील प्याकुरेल गत भदौ २२ मा घर गए । तर, रिक्त पदमा आजसम्म कोही बढुवा भएनन् । ऐनमा विशेषज्ञ सेवाका कर्मचारीको उमेर हद सकिए पनि दुईपटक सेवाअवधी थप्न पाइने व्यवस्था छ । स्वास्थ्यमा विशेषज्ञ डाक्टरको उमेरहद पहिल्यैदेखि ६० वर्षे कायम गरिएको छ । यसमध्ये डा.सुशीलको हकमा क्याबिनेटमा पदावधि थप्न दुईचोटि प्रस्ताव जाँदा पनि फिर्ता आयो । प्रधानमन्त्रीको प्रश्न हो, ‘तरुण र विनोदमानको म्याद थप्न प्रस्ताव नलाने, सुशीलको मात्रै किन लैजाने ? के कुराले उपेन्द्र यादवलाई त्यसो गर्न प्रभावित पा¥यो ?’ यही कुराको चित्तबुझ्दो जवाफ दिएको भए पनि डा.सुशीलको म्याद थपिन्थ्यो र एउटा भए पनि विशेषज्ञ रिक्त हुँदैन थिए । तर, उपेन्द्रलाई यस्ता कुरामा लाग्नुभन्दा विदेशै प्यारो † अरु त अरु, यिनै विशेषज्ञमध्येबाट स्वास्थ्यसेवा विभागको महानिर्देशक हुनुपर्नेमा ११ औँ तहका डा.रोशन पोखरेलले निमित्त चलाइरहेका छन् ।
कर्मचारी समायोजनका लागि गुनासो सुन्न र व्यवस्थापन गर्न बनेको कमिटीमा पहिला सहसचिव जनार्दन गुरागाईं थिए, उनी रिटायर्ड भएपछि तत्कालीन सचिव रामप्रसाद थपलिया (हालः युवा खेलकुदमा) संयोजक भए । उनी पनि छोटो समयमै सरुवामा परे । अहिले ११ औँ तहका डा.महेन्द्र श्रेष्ठको संयोजकत्वमा कमिटी त छ, कामको नाममा सिन्को पनि भाँचिएको छैन । किनभने, मन्त्रीको समय छैन । मन्त्रीको मन हुन्थ्यो, आम्दानी हुने ठाउँमा । जस्तो कि, आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.सुरेन्द्र चौरसियाको हालिमुहाली । खरिद–बिक्री सबै उनले हेर्ने । अख्तियारमा उजुरीको चाङ छ । तर, मन्त्रीले च्याप्नाले उनीमाथि कारवाही भएन ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९